प्रसिद्ध त्रिपुरेश्वर महादेव र झारली गुफा संरक्षणका लागि महापुराण

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । ऐतिहासिक प्रसिद्ध त्रिपुरेश्वर महादेव र झारली गुफालाई संरक्षण गर्दे धार्मिक स्थल बनाउने उद्देश्यका साथ एघार दिने श्रीमद् महापुराण सुरु गरिएको छ । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर १, तिलाहारमा २०२८ सालमा उत्पति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

“यो ठाउँ ऐतिहासिक धार्मिक स्थल हो, तर यसको प्रचार प्रसारको अभावले यसको महत्व धेरैलाई थाहा छैन, त्यसैका लागि हामीले श्रीमद शिव महापुराणको आयोजना गरेका हौ ।” मन्दिर संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले भन्नुभयो । मन्दिरको संरक्षण र सम्वर्धनका लागि पनि यो पुराणले सहयोग गर्छ । आगामी २५ गतेसम्म संचालन हुने पुराणमा अहिले भक्तजनहरुको समेत जमघट बढदै गएको छ । महापुराणले धार्मिक तथा सांस्कृतिक एकता कायम राख्दै धार्मिक पर्यटन विकास गर्दै यो स्थलको विकास तथा संरक्षणमा सहयोग पुग्ने स्थानीय आयोजक समितिका सदस्य प्रमेश तामाङले बताउनुभयो ।

पूर्वको पशुपति भनेर चिनिएको खोटाङ हलेसीको दोश्रोरुपको पहिचान बनाएको यस धार्मिक स्थलको संरक्षणमा विगतबाट चन्दा संकलनसँगै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम भई थियो । हसेलीको जस्तै यहाँ भित्र शिव, पार्वती, राम, सीता, हनुमान, गौरी गणेशलगायत देवताको मुर्तीसँगै झाराली गुफा समेत रहेको छ । करिव दुई रोपनी क्षेत्रमा रहेको यो देवस्थलको संरक्षणका लागि अहिले स्थानीयवासी नै जागरुक भएर महापुराणको आयोजना गरिएको हो । हलेसीमा झै गाईका थुन जस्तै देखिने ढुङ्गाका आकृति, नागका चित्र, हात्तीको चित्र, ढुङ्गामा उत्पति भएका दियोसँगै गुफा भित्र पोखरी समेत रहेको स्थानीयको भनाई छ ।

ADVERTISEMENT

यस मन्दिरमा आएर दर्शन गरेमा सन्तान नहुनेको सन्तान प्राप्ती हुने, सोचे अनुसार चिताएको पुग्ने धार्मिक विश्वास रहदै आएको छ । स्थानीयका अनुसार कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य आउने समेत गरेको छ । यहाँ बर्षमा तीन पटक रामनवमी, बालाचतुर्दशी र शिवरात्री लगायतका पर्वहरुमा भव्य मेला समेत लाग्दै आएको स्थानीय योगेश श्रेष्ठले बताउनुभयो ।

यहाँ स्थानीय युवा योगेश र प्रमेशले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ती र दश फुटको त्रिशुल स्थापना गरि दिनु भएको छ । त्यस्तै चन्दा संकलन गरेर ८० हजारको लागतमा घण्टी र २४ हजार लागतमा चन्दा बाकस राखिएको छ । चन्दा संकलनबाट नै मन्दिरसम्म पुग्नको लागि बाटो निर्माण गरिएको प्रमेशले बताउनुभयो ।

पालिका भित्र रहेका ऐतिहासिक धार्मिक स्थलहरुको संरक्षण र सम्वर्धनमा पालिकाले समेत ध्यान दिदै आएको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *