
काठमाडौं । चलचित्र ‘मायावी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको पहिलो चरण र दोस्रो चरण गरी करिब दुई महिनामा छायांकन सकिएको हो ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईं लगायतका कलाकारको अभिनय छ ।
राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको चलचित्रकोे सह-निर्माताका रूपमा राजु पराजुली, रमा प्रसाईं र नभ्नित झा हुनुहुन्छ । चलचित्रका कार्यकारी निर्मातामा प्रवीण भट्टराई र करण सिंह हुनुहुन्छ भने सहयोगी निर्माताको रूपमा अम्बरीश कश्यप रहनुभएको छ ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । चलचित्रको लाइन प्रोड्यूसरमा राजकुमार कार्की हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच