भोजपुरको आमचोकको प्रशासकीय भवन शिलन्यास
Read Time = 2 mins
भोजपुर । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाको नयाँ प्रशासकीय भवनको शिलान्यास भएको छ । भवन निर्माण नहुदाँ प्रभावकारी प्रशासकीय सेवामा समस्या हुँदै आई रहेको थियो ।
गाउँपालिकाका प्रमुख अशोक राईले बिहिवार आमचोक गाउँपालिकाको केन्द्र वडा नम्वर चार बालंखामा गाउँपालिकाको प्रशासकीय भवनको विधिवत शिलान्यास गर्नु भएको छ । गाउँपालिका कार्यान्वयनमा आएको सात बर्ष हुदाँ समेत पालिकाले अहिलेसम्म जनताको आवश्यकतामा काम गरेको बताउँदै पालिका प्रमुख राईले प्रभावकारी सेवा प्रवाहका लागि अहिले भने भवन निर्माणमा लागिएको बताउनुभयो । प्रमुख राईले भन्नुभयो, ‘पालिकाको भवन निर्माण कार्य सुरु भएको छ,, भवन निर्माणका क्रममा प्राविधिक स्टमेट अनुसार गुणस्तरियतामा कुनै पनि कमी हुँदैन ।’
प्रशासकीय भवन निर्माणका लागि धनुषाको महतो इमोरियल चेतन जेभीसँग आठ करोड ५४ लाख सात सय ६० रुपैया ४० पैसामा सम्झौता भएको छ । आगामी दुई बर्ष भित्रमा प्रशासकीय भवनको निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको हो । भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता राई, प्रमुख प्रशासकीय अधिकृत धनकुमार राई, वडा अध्यक्षहरु, वडा सदस्य तथा कर्मचारीहरुसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts