शैक्षिक सुधारमा नगर उपप्रमुख शेर्पाको सक्रियता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । इच्छा शक्ति भएमा जनप्रतिनिधीहरुबाट पनि हौसला मिल्छ भन्ने उदाहरण भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा बन्नु भएको छ ।
नगर क्षेत्रका बिभिन्न बिद्यालयहरुमा अध्ययरत बिद्यार्थीहरुलाइ पोशाक बितरण देखि लिएर प्रशासनीक कार्यका लागि कम्प्युटर लगायतका सामाग्रीहरु अहिले उपप्रमुख शेर्पाले सहयोग गर्दे आउनु भएको छ ।

भोजपुर नगरपालिका वडा नम्वर २, हेलौछाको घारामा रहेको सिंह बाहिनी आधारभुत बिद्यालयमा अध्ययतरत बिद्यार्थीलाई आइतवार उपप्रमुख शेर्पाले जाडोको समयमा लगाउने बिद्यालय पोशाक बितरण गर्नु भएको छ ।

कक्षा पाँचसम्म पठनपाठन हुने त्यस बिद्यालयका ४२ जना बिद्यार्थीहरुलाई उपप्रमुख शेर्पाले पोशाक बितरण गर्नु भएको हो । बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई उपप्रमुख शेर्पाबाट भएको सहयोगले राहत मिलेको बिद्यालयका प्रधानाध्यापक रमेश कुमार पराजुलीले बताउनुभयो ।
यस अघि पनि उपप्रमुख शेर्पाले कालिका प्राथमिक बिद्यालय गुप्तेश्वरका २९ जना बिद्यार्थीहरुलाई पोशाक बितरण सहित शिक्षक, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्धिजिवी लगायतलाई सम्मान गरि सक्नु भएको छ भने वडा नम्वर ५ मा रहेको सिंह देवी प्राविलाई कम्प्युटर प्रदान गर्नु भएको छ ।

ADVERTISEMENT

सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा मद्धत पुर्याउने उद्धेश्यका साथमा आफुले बिद्यालयहरुलाई सहयोग गर्दे आएको उपप्रमुख शेर्पाले बताउनुभयो । “नगर भित्र रहेका सामुदायिक बिद्यालयहरुमा पनि गुणस्तरीयता कायम हुनु जरुरी छ ।” उपप्रमुख शेर्पाले भन्नुभयो ।
उपप्रमुखबाट पाएको सहयोगले आफुहरुमा पनि हौसला मिलेको बिद्यालयमा कार्यरत शिक्षकहरुको भनाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज