राजनीतिक परिर्वतनलाई उपलब्धि नठान्नेहरु देशद्रोही हुन् : अध्यक्ष ओली

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा समेत प्रतिगमनका पक्षमा कुरा गर्ने सबै देशद्रोही भएको बताउनु भएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले लोकतान्त्रीक गणतन्त्र भन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धी नठान्ने तत्वहरु जनताको हित नचाहने देशद्रोही भएको बताउनु भएको हो ।

‘ वर्तमान गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशापनलाई मौकाको रुपमा लिएर प्रतिगमनका दिवास्वप्ना देख्नु देशद्रोह बाहेक केही होइन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रतिगमनको कुरा गर्नु विकास बिरोधी, परिवर्तन बिरोधी नेपाल र नेपालीको हित बिपरीत बाहेक केही होइन ।’

ADVERTISEMENT

बैतडीको झुलाघाटबाट शुरु भएको अभियानको सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा निराशा मात्रै छाएको उल्लेख गर्नुभएका अध्यक्ष ओलीले सत्ता टिकाउन भइरहेको अनियमितता, कमिशन र तस्करीका कारण जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने होकी भन्नेसम्मको अनुभूति गर्ने अवस्था आएको बताउनुभयो ।

देशलाई दुनियाँको आकर्षक र गन्तव्य बनाउन सकिने बताउनु भएका अध्यक्ष ओलीले एमालेले दुर्गम ठाउँहरुको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेशा व्यवसायहरुको समृद्धी गर्ने, कृषिको आधुनिकीककरण गर्ने, देशलाई औधोगिकरणतर्फ लग्ने, व्यापार सन्तुलन गर्ने नीति लिएको बताउँदै नेपालका सारा जनतालाई शिक्षित बनाएर छोड्ने, निरोगी नेपालको परिकल्पना एमाले र यसको नेतृत्वले लिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज