-नृपेन्द्र बहादुर मल्ल
मुगु । नेकपा एमाले मुगुको नवौ जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलबाट घोषित जिल्ला कमिटी प्रकृयाप्रति असहमति जनाउँदै एमाले सम्वद्ध १० भातृ संगठनले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
९ गतेबाट एमाले मुगुको जिल्ला अधिबेशन शुरु भएपनि सहमति हुन नसकेको भन्दै १४ गते राति अध्यक्ष मण्डलले जिल्ला कमिटी घोषणा गरेको थियो ।
अध्यक्ष मण्डलले घोषणा गरेको जिल्ला कमिटी अलोकतान्त्रिक,अवैधानिक र टीका प्रथाबाट चयन भएको र जिल्ला प्रतिनिधिलाइ सहमतिको लागि छलफल गर्न, चाहेको नेतृत्व चयन गर्न मताधिकारबाट बन्चित गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, 'बहुमत जिल्ला प्रतिनिधिहरुको समर्थन रहेका डम्बर रावललाइ अध्यक्ष घोषणा गर्न र लोकतान्त्रिक विधी,प्रक्रिया भन्दा बाहिर गएर अध्यक्ष मण्डलले घोषणा गरेको जिल्ला कमिटी खारेज गर्न नेकपा एमाले केन्द्रिय समितिमा माग गर्दछौं ।'
नेकपा एमालेको नेपाल सांस्कृतिक संघ मुगुका अध्यक्ष विर्खबहादुर मल्ल, नेपाल खेलकुद महासंघ मुगुका अध्यक्ष राज कुमार भाम, मानव अधिकार एलाइन्सका अध्यक्ष पहलमान रोकाया,उत्पिडित जातिय मोर्चाका अध्यक्ष हिर्दय सिंह दमाइ,राष्ट्रिय युवा संघ नेपाल मुगुका अध्यक्ष नेत्रजङ रावल,अखिल नेपाल किसान महासङ्ग नेपाल मुगुका अध्यक्ष भुमिचन्द्र कामी,नेपाल बैक एशोसियसन मुगुका अध्यक्ष राजेन्द्र मल्ल,प्रेस चौतारी केन्द्रिय सदस्य जीवन सेजुवाल,नेपाल बुद्धिजीवी परिषद मुगु अध्यक्ष सुशील कुमार भाम र नेपाल राष्ट्रिय शिक्षक संगठन मुगुका अध्यक्ष कृष्ण बहादुर भामले दस्तखत गर्नुभएकाे छ ।
नेकपा एमाले कर्णाली प्रदेश समितिका अध्यक्ष गुलावजङ्ग शाहको नेतृत्वमा अध्यक्ष मण्डल गठन भएको थियो । निर्वाचन कमिटिले तोकेको निर्वाचन तालिका घर्केको र सहमती पनि हुन नसकेको भन्दै अध्यक्ष मण्डलले पुर्ण बहादुर रोकाया अध्यक्ष,रत्नसिङ्ग विष्ट उपाध्यक्ष,सुरेन्द्र बहादुर मल्ल सचिव, मदन बानिया उपसचिव, होइजाली विक उपसचिव सहित ७१ सदस्यीय मुगु जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको भन्दै घोषणा गरेको थियो ।
अध्यक्षका आकांक्षी डम्बरबहादुर रावलले आफ्नो पक्षमा २५० जना जिल्ला प्रतिनिधिले दस्तखत सहित समर्थन गरेको र दस्तखत सहितको समर्थन निर्वाचन कमिटी र अध्यक्ष मण्डललाई बुझाउन जाँदा नबुझेको आरोप लगाउनु भएको छ ।
एमाले मुगुको नवौं जिल्ला अधिवेशनमा ३७५ जना जिल्ला प्रतिनिधि रहेका थिए ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts