गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

रासस
रासस
Read Time = 1 min

दाङ । दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा१ख २१७३ नंको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका-७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात् नेपालगञ्ज पठाइएको थियो । टाउकामा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?