सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेको छ : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाईरहेको बताउनु भएकाे छ ।

सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै उहाँले निर्माण ब्यवसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाउनु भएकाे छ ।

ADVERTISEMENT

‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने ? मन्त्री कसरी हुने ? कसले बढी कमाउने ? कसले आफन्त बढी पोस्ने ? मा लागेको छ,’ ओलीले भन्नुभयाे, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’

उहाँले परिवर्तन उल्टाउनका लागि बिभिन्न कार्यक्रम र गतिविधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाउनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज