ललितपुर । नेपाल भाषाको पुस्तक ‘समाजया किपा’ विमोचन गरिएको छ । बुधबार ललितपुरमा एक कार्यक्रमबीच नानीमैयाँ श्रेष्ठको दोस्रो कृति ‘समाजया किपा’ विमोचन गरिएको हो ।
नेपालभाषा केन्द्रीय विभागका प्रमुख राजनलाल जोशीको प्रमुख आतिथ्यतामा उक्त कृति सार्वजनिक गरिएको हो । आफ्नो ढल्कँदो उमेरमा आलस्य बढ्दै गएको समयमा ७४ वर्षीय नानीमैयाँ श्रेष्ठले सो पुस्तक प्रकाशन गर्नुभई पुस्तक लेखकहरूमा जाँगर थपिदिएको जोशीले बताउनुभयो ।
पुस्तकका प्रकाशक तथा इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले यो पुस्तक लेखकको विचार वा साहित्यकारको काल्पनिक विचार नभइकन समाजको मूल्य र मान्यता जस्तो छ त्यसैलाई प्रतिबिम्बित गरिएको जानकारी दिनुभयो । नानीमैयाको यसअघि ‘लुमन्तिया जः’ पाठकमाझ आएको थियो ।






