
सोलुखुम्बु । रोटरी क्लब काठमाडौं दरबारमार्ग र रोटरी क्लब सोलुखुम्बु सल्लेरीको समन्वयमा तयार गरिएको वर्थिङ सेन्टरको सञ्चालनमा आएको छ । थुलुङ दूधकोशी गाउँपालिका प्रमुख असिम राई र रोटरी क्लब रिजमण्डका सदस्य इजावेल आरमरले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
रोटरी क्लब अफ वार्लियन, रोटरी क्लब अफ रिजमण्ड र रोटरी क्लब अफ वेलरिन नर्थको १२ लाख ८० हजार रुपैयाँको आर्थिक सहयोगमा सो सेन्टरलाई आवश्यक सम्पूर्ण सामग्री तयार गरिएको रोटरी क्लब सल्लेरीका सदस्य धन्दीराम राईले बताउनुभयो ।
सुत्केरी गराउन आवश्यक सामग्री अल्ट्रा साउण्ड मेसिन, अक्टोक्लाव मेसिन, अक्सिजन सेट, पेरी लाइट, डिलिभरी सेट, बेड स्क्रीन, बेबी वार्मरलगायत अन्य आवश्यक उपकरण उपलब्ध गराइएको छ । सेन्टर उद्घाटन क्रममा गाउँपालिका प्रमुख राईले सहयोगी संस्थालाई धन्यवाद दिँदै गाउँको विकासमा सबैपक्ष एकजुट हुन आग्रह गर्नुभयो ।
विकासका निम्ति सीमित स्वार्थ राखेर काम गर्दा सोचेको जस्तो परिवर्तन नभएको भन्दै एकजुट हुन आग्रह गर्नुभएको हो । यस्तै, प्रमुख राईले विकासका निम्ति गाउँपालिका गम्भीर रहेको र यस सेन्टरलाई आवश्यक जनशक्ति व्यावस्थापन गरिदिने पनि बताउनुभयो ।
रोटरी क्लब सल्लेरी सदस्य तथा स्थानीय धन्दीराम राईले धेरै लामो समयको प्रयासपछि सो सेन्टर सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । वडाभित्रका सुत्केरी महिलालाई प्रसूतिकै लागि अन्यत्र लानुपर्ने बाध्यताको अन्य भएको बताउनुभयो । यस्तै, दरबारमार्गका सदस्य नेत्र बस्नेतले दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । गाउँपालिकासँग बस्नेतले सञ्चालनका लागि जनशक्ति तथा व्यावस्थपान गरिदिन आग्रह गर्नु भएको छ ।
वडाध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका संयोजक युजन बस्नेतले सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै, वडाको विकास वडाको बजेटले मात्र सम्भव नहुने भन्दै सम्पूर्णलाई वडाको विकासमा एक हुन आग्रह गर्नुभयो । सोही क्रममा रोटरी क्लब रिजमोण्डमा सदस्य इजावेल आरमरले छात्रा विद्यार्थीलई तथा स्वयंसेवी महिलालाई कपडाको सेनीटरी प्याड वितरण गर्नुभएको थियो ।
सो उद्घाटन कार्यक्रममा स्वास्थ्य संयोजक उद्धब ढुंगाना, पालिका प्रवक्ता भोजराज कार्की, स्थानीय बुद्धिजीवी, सरोकारवाला र रोटरी क्लबका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच