अस्थायी आवास निर्माण गर्न रकम निकासा

रासस
रासस
Read Time = 3 mins

रुकुम पश्चिम । रुकुम पश्चिमका दुई स्थानीय तहमा अस्थायी आवास निर्माण गर्न आज रकम निकासा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाका लागि पहिलो किस्ताको रकम निकासा हो । यसअघि मङ्गलबार त्रिवेणी गाउँपालिकाका लागि रकम निकासा गरिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार भूृकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० (दोस्रो संशोधनसमेत) बमोजिम गाउँपालिकाको स्थायी जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा रकम पठाएको हो ।

मङ्गलबार त्रिवेणी गाउँपालिकामा ६४ लाभग्राहीका लागि रु १६ लाख रकम पहिलो किस्ताबापत पठाएको थियो । आज आठबीसकोट नगरपालिकाका पाँच सय लाभग्राहीलाई पहिलो किस्ताबापत रु एक करोड २५ लाख र सानीभेरी गाउँपालिकामा चार सय ५० लाभग्राहीलाई रु एक करोड १२ लाख ५० हजार रकम पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान भएका लाभग्राहीका लागि पहिलो किस्ताबापतको रु २५ हजारका दरले रकम स्थानीय तहमा पठाएको हो । अन्य स्थानीय तहबाट लाभग्राहीको विवरण आइसकेको छैन । अन्य स्थानीय तहबाट लाभग्राहीको पहिचान भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो किस्ताबापतको रकम अस्थायी आवास निर्माणका लागि पठाउने सहायक प्रजिअ बढुवाले जानकारी दिनभुयो ।

पहिलो किस्ताबापतको रकम निकासा भएका पालिकाबाट पनि पूर्ण विरण आइसकेको छैन । पहिलो किस्ता पठाएका स्थानीय तहबाट पनि लाभग्राहीको पूर्ण विवरण आउन बाँकी रहको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म लाभग्राहीको पहिचान भएर आएका तीन स्थानीय तहका एक हजार १४ लाभग्राहीका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु दुई करोड ५३ लाख ५० हजार रकम निकासा भएको छ ।

भूकम्पबाट घर क्षति भएकालाई सरकारले अस्थायी आवास निर्माणका लागि दुई चरणमा गरेर रु ५० हजार नगद राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । अस्थायी आवास निर्माण गर्न सङ्घीय सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा रु ५० करोड पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?