कोशी प्रदेश सभा : एमाले र राप्रपाका सांसदले गरे बजेट प्रतिस्थापन विधेयकको विरोध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

विराटनगर । कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको भन्दै प्रतिपक्ष दलले विरोध जनाएका छन् ।

मंगलबार प्रदेशसभा बैठकमा प्रतिपक्ष दल नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका हुन्।

प्रदेशसभामा सांसदहरूले उठेर विरोध जनाएपछि सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न समय दिनुभएको थियो ।

एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गर्नुभयो ।

उपनेता रानाले आफूहरूसँग छलफल भएअनुसार गरिएको सहमतिअनुसार पनि बजेट नआएको गुनासो गर्नुभयो ।

ADVERTISEMENT

‘बजेटको रातो किताब आएको छ, यो रातो धेरैपटक लिइसक्यो तर त्यो पासै नभएको रातो चाहिँ रातो होइन रहेछ। त्यसैले अबदेखि त्यो पहिले पास नहुन्जेल सेतो बाँडौँ, पास भइसकेपछि मात्रै रातो बाँडौँ’, उहाँले भन्नुभयो, ‘त्यो मात्रै कार्यान्वयनमा जाने रहेछ, नभए जनताले के सोच्छन् भने रातो किताबमा आयो भने र अस्ति नै हामीले हिक्मतजी को कार्यकालमा एकखेप बाँडेर तल सबैलाई देखाएर यो–यो काम हुने भयो भनेर ढाँटिसकेका छौँ। अब अर्को रातो किताब आएको छ। यो पनि ढाँटको दोस्रो पुस्तक भयो।’

सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै रानाले प्रतिस्थापन विधेयक पारित नभए के हुने ? भन्दै प्रश्न समेत गर्नुभयो ।

बजेट अध्यादेश प्रस्थिापन गर्न ल्याएको विनियोजन विधेयकमाथि सोमबारदेखि छलफल भइरहेको छ ।
यस्तौ अर्को सरकार बाहिरको दल राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सहमतिविपरीत बजेट आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘आर्थिक विधेयकमा सहमति भए पनि अस्ति विनियोजित बजेटलाई केही घटाएर शीर्षकलाई कटौती नगर्ने निर्वाचन क्षेत्र र सांसदमार्फत खर्च गरिने रकमलाई व्यवस्थित ढंगले उहाँहरूलाई सोधेर त्यस क्षेत्रमा विनियोजन गरिने भन्ने सहमति बनेको थियो तर बजेट पूर्वाग्रही ढंगले आयो।’
उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज