जुम्ला । जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्रै पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर नीजि, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेको प्रमुख प्रशासकीय अधिकृत भिमा कंडेलले जानकारी दिनुभयो ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्रै नीजि तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत कंडेलले भन्नुभयो, 'यस अघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको दिएनन् । म कार्यकारी भएर आएदेखि नक्सा पास तथा निर्माण इजाजतको लागि कार्यपालिकाबाट निर्णयगरि कार्यविधि पास गरि सोमबारबाट पालिकाले जग्गाको नक्सा पास काम संचालनमा ल्याएका छाैं ।'
पालिका भित्र कुनैपनि नीजि, ब्यापारिक तथा सार्वजनिक भवनको निर्माण सुरु गर्दा भुकम्प प्रतिरोधात्मक संरचना बनाउनका लागि पनि अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराएर मात्र निर्माण कार्य गर्न भनी नौवटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत कंडेलले जानकारी दिनुभयो ।
गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । नक्सा पास गरिसके पछि निर्माण कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरु लागु गरिएको छ । नक्सा पास सम्बन्धि निर्माण कार्य सम्पन्न प्रमाण पत्र समेत प्रदान गरिने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।
नक्सा पास गर्दा नागरिकताको प्रतिलिपि-१ प्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि-१ प्रति, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि-१ प्रति, ट्रस नक्सा-१ प्रतिलगायतका कागजात नक्सा पास गर्ने स्थानीयवासिले ल्याउनुपर्ने तिला गाउँपालिकाको नक्सा शाखाले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts