काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण पनि दिन प्रतिदिन बढीरहेको छ । जाडो बढेसँगै काठमाडौं उपत्यकाको आकाश खुल्न छोडेको छ । यो समय निलो आकास र वरपर हिमशृङ्खला देखिने गरेकोमा प्रदूषण बढेका कारण आकाश निलो देखिन छोडेको छ । बरु धुम्म परेको उराठलाग्दो देखिन थालेको छ ।
जाडो बढेसँगै आगो बाल्ने, तातो हावालाई माथिको चिसो हावाले बाहिरिन नदिने, धुवाँ बाहिर जान नसक्ने खाल्डोका रूपमा काठमाडौं रहेकाले दुई हजार आठ सय मिटरभन्दा माथि वायु बग्न नपाउँदा प्रदूषण बढेको विज्ञको दाबी छ । नेपालको सहरी क्षेत्रहरूमा वायु प्रदुषण र ध्वनि प्रदुषणको समस्या उच्च रहेको छ । काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण साथै अत्यधिक सवारीसाधनको सञ्चालन, विकास निर्माणका क्रियाकलापले विश्वका प्रदूषित सहरहरूको सूचीमध्येमा अग्रपंक्तिमा रहेको प्रतिवेदनहरूमा उल्लेख गरिएको पाइन्छ ।
काठमाडौं उपत्यका समुद्री सतहबाट सरदर एक हजार ३०० मिटरभन्दा माथि उचाइमा रहेको कचौरा आकारको उपत्यका हो । उपत्यकामा बहने हावाको अध्ययनअनुसार सामान्य अवस्थामा दक्षिणकाली बागमती किनारा हुँदै तराईबाट थानकोट तथा भीमढुंगा भन्ज्याङहुँदै दक्षिण पश्चिमको धादिङबाट र मुड्खु तथा तीनपिप्ले भन्ज्याङ हुँदै उत्तर पश्चिमको नुवाकोटबाट उपत्यकामा हावा प्रवेश गर्छ । काठमाडौंको वातारण हाम्रो हेलचेक्य्राइँका कारण बर्सेनि खस्कँदो अवस्थामा छ ।












देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता