बझाङमा गाँजासहित तीन जना पक्राउ

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले घर खानतलासी गर्ने क्रममा लागुऔषध (गाँजा) सहित ३ जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा खप्तडछान्ना गाउँपालिका–७ गोरखाली बस्ने ६४ बर्षीय खडक खड्का, गोरर्खा जिल्ला अजिरकोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ बर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । उनीहरुको साथबाट गाँजाको दाना र धुलो गरी ९१ केजी, ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामान सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताउनु भयो।

ADVERTISEMENT

नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला अदालत बझाङले १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखि अनुसन्धान भइरहेको समेत डिएसपी शाहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *