‘स्विकारोक्ति ग्लोबल टुर’काे आयोजना

किशन अर्याल
किशन अर्याल
Read Time = 4 mins

काठमाडौं । अस्तित्वहरुको न्यायिक सम्बोधन भन्ने मुल बिचार बोकेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको स्वीकारोक्ति फाउन्डेसन अमेरीकाले शुक्रबार राजधानि काठमाडाैमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ को बारे जानकारी गराएको छ ।

स्वीकारोक्ति फाउन्डेसनको ११ औ बार्षिक उत्सवको अवसरमा आयोजना हुन लागेको यस विश्व शान्ति यात्रा नेपालको राजधानि काठमाडाैंबाट सुरु भइ नेपालका बिभिन्न शहर हुदै भारतको गुहाटी सम्म पुग्ने छ भने कार्यक्रमको समापन मंसिर २८ र २९ गते साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन आयोजना गरि राजधानि काठमाडाैंमा गरिने छ ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै स्विकारोक्ति दर्शनको प्रवर्तक डेन्जोम साम्पाङ्गले स्वीकारोक्ति फाउन्डेसन र स्वीकारोक्ति दर्शनको बारे अवगत गराएका थिए । यस विश्व यात्राले सकारात्मक भावसहित खुशी शान्ति र सद्भाव फैलाउने बिशेष उद्देश्यका साथ आयोजना गर्न लागिएको बताएका छन् भने अन्तराष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले कार्यक्रमको रुपरेखा बारे प्रष्ट पारेका थिए ।

ADVERTISEMENT

यस विश्व शान्ति यात्राको दौरान नेपाली साहित्यका एक मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई छ लाख नगद राशीसहित सम्मान गरि स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरिने छ भने कतै बृक्षरोपण, कतै अनुदान तथा कतै अन्तरक्रिया कार्यक्रमहरु सन्चालन हुने छन् ।

पत्रकार भेटघाट कार्यक्रमको अघिल्लो साँझ समाजसेवी प्रदिप घिमिरे संगको सहकार्यमा सडक किनारमा रातको समयमा भोकै बस्न बाध्य करिब १३० जनालाई खाना खुवाएर यो विश्व शान्ति यात्रा आरम्भ गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो । पत्रकार भेटघाटको पूर्वसन्ध्यामा काठमाडाैं बाटोमा हरियो टिसर्टसहित सेभ द अर्थ तथा शान्तिको सन्देशको दिन साइकल र्‍याली निकालिएको थियो ।

१०० भन्दा बढि साइकल बाट नगर परिक्रमा गरिएको थियो । पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कवि विप्लव प्रतिक, वरिष्ठ साहित्यकार डा गोबिन्द भट्टराई, प्रोफेसर डा गोविन्द रिजाल, काठमाडाैं प्याव्सनका अध्यक्ष प्रेम राई परिक्षित र साइकल कल्चल कम्यूनिटि उपाध्यक्ष अमिर मसालका व्यक्तित्वहरुले यस विश्व शान्ति यात्रा २०२३ को शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज