एमाले मुगुको अधिवेशन तयारी सम्पन्न, खुल्ला सत्रको उद्घाटन महासचिवले गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-नृपेन्द्र बहादुर मल्ल
मुगु । नेकपा एमाले मुगुको नवौं जिल्ला अबिधेशनको तयारी सम्पन्न भई शनिबार अधिबेशनको उद्घाटन नेकपा एमाले केन्द्रिय महाँसचिव शंकर पोख्रेलले गर्ने शुक्रबार एमाले मुगुले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

देशका ७७ जिल्ला मध्ये पहिलो पट्क एमाले मुगुले अधिबेशन शुरुवात गरेको छ । उक्त पत्रकार सम्मेलनमा आफनो जिल्लाको नवौं जिल्ला अधिबेशनको सम्पुर्ण तयारी सम्पन्न भई शनिबार खुल्ला सत्रको उद्घाटन रारा बोडिङ्ग स्कुलको मैदानमा हुने उक्त शत्रको उद्घाटन एमाले महासचिव शंकर पोखे्रलले गर्ने हुनु भएको हो ।

पत्रकार सम्मेलनमा जानकारी दिदै एमाले मुगुका अध्यक्ष जीतबहादुर मल्लले जिल्लाका चार स्थानियतहका ४५ वडाबाट २ सय ५० प्रतिनधी छनौट भएका छन् ।

ADVERTISEMENT

अहिलेको जिल्ला कमिटीमा १ सय गरी ३ सय ५० जना प्रतिनिधीले बन्द शत्रमा भाग लिन पाउने भएको जानकारी दिइएको छ । उद्घाटन शत्रमा एमाले महासचिव शंखर पोख्रेल केन्दिय्र सचिव एवं कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य यमलाल कडेंल, गोरख बोगटी, पोलिट ब्युरो सदस्य एवं जुम्ला जिल्ला ईन्चार्ज मोहन बानियाँ, एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाह र केन्द्रिय सदस्य एवं मुगु जिल्ला ईन्चार्ज राज बहादुर बुढा लगायतले उद्घाटन शत्रमा सम्वोधन गर्नुका साथै कलाकार बद्रि पंगेनीले मनोरञ्जन प्रस्तुति गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

अधिबेशनको खुल्ला सत्र रारा बोडिङ्ग स्कुल र बन्द सत्र रारा बुहुमुखी क्याम्पसमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?