शिक्षाविद् अयोध्याप्रसाद प्रधानको तानसेनमा शालिक अनावरण

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । पाल्पाली शिक्षाका पिता-शिक्षाविद् अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा अमृत महोत्सव वर्षको अवसर पारेर प्रधानको अर्धकदको शालिक अनावरण गरिएको हो ।

शालिक स्व.अयोध्याप्रसाद प्रधानका सुपुत्र दीपरप्रसाद प्रधान र पुत्र बधु अञ्जना श्रेष्ठ प्रधानबाट पिताजीको स्मृतिमा विद्यालयलाई समर्पण गरिएको थियोे । स्व. प्रदान सिद्धहस्त लेखक, साहित्यकार, विद्यालयका संस्थापक/प्रथम प्रधानाध्यापक एवं सेक्रेटरी समेत हुनुहुन्थ्यो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्व.प्रधानको योगदानकरुो चर्चा गरेका गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले शालिक प्रतिष्ठापित क्षेत्रलाई अयोध्या पार्क बनाउने सोंचका साथ आफुहरु अगाडि बढेको बताउनुभयो ।

को हुन् शिक्षाविद् अयोध्याप्रसाद ?

पाल्पाको तानसेनस्थित असनटोलमा वि.सं १९६० बैशाख १८ गते जन्मनुभएका प्रधान पटनाबाट महाकवि लक्ष्मी प्रसाद देवकोटासँगै एस.एल.सी., विहार विश्वविद्यालयबाट सर्वोकृष्ट स्थान सहित एम.ए. स्वर्ण पदक, युनिभर्सिटी अफ मेरील्याण्ड यु.एस.ए. बाट एम.एड. उत्तीर्ण गरी नेपाल सरकारबाट महेन्द्र विद्याभूषणद्वारा विभूषित व्यक्तित्व हुनुहुन्छ । उहाँले जहानियाँ राणा शासनकालमै जनताका छोराछोरीलाई पनि शिक्षा दिनुपर्दछ भन्ने उद्देश्यका साथ काका मथुरा प्रसाद प्रधानलाई साथमा लिई तत्कालिन प्रधानमन्त्री पद्म शमशेरको नाम जोडी पाल्पा पब्लिक हाइस्कूल स्थापना गरी प्रथम प्रधानाध्यापक र विद्यालय सञ्चालन समितिको प्रथम सेके्रटरी समेत हुनुभएकाले उहाँ विद्यालयको संस्थापकको रुपमा प्रतिष्ठापित रहनु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले बताउनुभयो ।

जहानिया राणा शासनको समयमा स्कुल खोल्नु र जनताका छोराछोरीलाई शिक्षा दिनु त्यति सजिलो कुरा थिएन । यस्तो अवस्थामा अयोध्या प्रसाद प्रधानले काका मथुरा प्रसाद प्रधानलाई साथमा लिएर काठमाडौं मृगेन्द्र शम्शेर कहाँ पटक–पटक गएर तत्कालिन प्रधानमन्त्री पद्मशम्सेरकै नाम जोडी विद्यालय खोल्ने अनुमति लिएर आएसँगै विद्यालय सञ्चालन गरिएको थियो । अयोध्या प्रसाद प्रधान, मथुरा प्रसाद प्रधान, अम्विका प्रसाद लाकौल, नरेन्द्र प्रसाद लाकौल, करूणा प्रसाद प्रधान, कविराज दशरथमान सिंह, इन्द्रलाल भारती, गौरी नारायण समेत भई कुनै पनि वेतन सुविधा नलिई स्वयंसेवी शिक्षासेवी भइ विद्यालयको संस्थागत विकासमा योगदान पु-याउनु भएको थियो ।

ADVERTISEMENT

विद्यालयका संस्थापक प्रधानाध्यापक समेत रहनु भएका प्रधानले आफ्नो कार्यकालदेखिनै विद्यालयलाई शैक्षिक, सामाजिक, साँगीतिक एवं साँस्कृतिक संग्राहलयको रूपमा विकास गर्दै लगेकोले यही विद्यालय अहिले शिशु कक्षादेखि कक्षा १२ सम्म शिक्षण हुने पद्म पव्लिक नमूना माध्यमिक विद्यालयको रूपमा रहेको छ ।

यस विद्यालयले रजत महोत्सव र स्वर्ण महोत्सव मनाइसकेको छ भने यस वर्ष अमृत वर्ष महोत्सव मनाइरहेको छ । नारीलाई पनि शिक्षा दिनुपर्दछ, नारीलाई शिक्षा दिनु घर परिवार समाजलाई शिक्षा दिनु हो भन्ने विचारले उत्प्रेरित भएर उहाँले आफ्नी बहिनी बेगमती प्रधान र मथुरा प्रसाद प्रधानकी छोरी रत्नलक्ष्मी प्रधानलाई साथमा लिएर करीब ४० जना छोरी–चेलीहरू जम्मा गरी पाठशाला सञ्चालन गरी पढाउन लाग्नुभयो ।

त्यतिबेला उहाँले मौन व्रत धारण गरेकाले पढाउँदा इतिहास भूगोल नैतिक शिक्षा धर्म दर्शनका विषयवस्तु सिलेटमा लेखिदिनुहुन्थ्यो र मथुरा प्रसाद प्रधानले व्याख्या गरिदिनुहुन्थ्यो । यो पाठशालाले अन्ततः संस्थागत स्वरूप लिन पुग्यो र वि.सं.२००७ साल भाद्र १६ मा कन्या स्कूलको रूपमा हालको मोहन कन्या माध्यमिक विद्यालय स्थापना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?