जिल्ला अदालत स्याङ्जाद्वारा न्यायसम्बन्धी प्रशिक्षण

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्याङ्जा जिल्ला अदालतद्वारा आयोजित ‘समुदायमाझ अदालत’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रमका साथमा विद्यार्थीहरुलाई विशेष प्रशिक्षण दिइएको छ ।

कार्यक्रममा जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार उपसचिव भूमिप्रसाद शर्माले अदालतबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धी जानकारी दिनुभएको थियो ।

उहाँले अदालतलाई जनमानसमा हाउगुजीका रुपमा बुझिएको भन्दै अदालतलाई सामान्य रुपमा बुझाउनुपर्ने र न्यायलाई सबैको पहुँचमा पु-याउनुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

त्यस्तै कार्यक्रममा जिल्ला अदालत स्याङ्जाका अधिकृत जीवनकुमार पौडेलले कार्यक्रमको बारेमा प्रकाश पार्दै विविध कारणले अदालतसमक्ष पुग्न नसकेकाहरुलाई अदालतको ढोकासम्म पु¥याउनका लागि सर्वोच्च अदालतले न्यायमा बाह्य पहुँच कार्यक्रमको रणनीति अगाडि सारेको बताउनुभयो ।

जिल्ला सहायक न्यायधिवक्ता नवराज रेग्मीले सरकारी मुद्दासहितको जानकारीसहित न्याय तथा कानुन सम्बन्धी विभिन्न धारणाहरुमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्याङ्जा बार इकाइका सचिव प्रकाश अर्यालले लागु औषध, मुद्दाका प्रक्रिया, अदालतको कार्यक्षेत्रलगायतमा जानकारी दिनुभएको थियो ।

करिब १०० जना विद्यार्थी रहेको उक्त कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुकुमार सिग्देल, जिल्ला अदालतका वैतनिक अधिवक्ता दीर्घनारायण मरासिनी, भूमि आयोग स्याङ्जाका सदस्य सोमनाथ लम्साल तथा क्याम्पसका प्राध्यापकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन जिल्ला अदालतका सहायक सूचना प्रविधि अधिकृत कृष्ण तिमिल्सिनाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज