न्यानो कपडाले दिलाएको ‘खुसी’

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । इलाम सदरमुकाममा रहेको जिल्लाकै पुरानो नगरपालिकाको पहिचान बनाएको इलाम नगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

जाडो मौसम शुरु भएसंगै इलाम नगपालिका वडा नबर ९ का ज्येष्ठ नागरिकको सम्मान स्वरुप ७१ वर्ष माथिका १०० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । यसका साथै जेष्ठ नगारीक हरुको स्वास्थ परिक्षण समेत गरिएको छ ।

जिउँदो इतिहासका रुपमा रहेका उनीहरुलाई चिसोमा न्यानो कपडा लगाई जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष गोपाल चौहानले जानकारी दिनुभयो ।

यता नगरपालिकाका प्रमुख केदार थापाले बृद्धबृद्धाहरुको हकहित तथा सहयोगको लागि पालिकाले विभिन्न खाले कार्यक्रम मार्फत सहयोग गरिरहेको बताउनुभयो । थापाले स्थानीय सरकार भएको अनुभूति दिलाउन सवै वडामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम लगायत विभिन्न खालका लक्षित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।

ADVERTISEMENT

उता न्यानो कपडा पाएसँगै जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । उनीहरुले भनेका छन् ‘हामीले बेला बेलामा सहयोग पाईरहेका छौँ, यो जाडोमा वडा कार्यालयले सहयोग गर्यो, हामीलाई धेरै खुसी लागेको छ, स्थानीय सरकारको सहयोग नपाएको भए हामीलाई धेरै समस्या हुन्थ्यो ।’

नमुना नगरको रुपमा पहिचान बनाउँदै गरेको इलाम नगरपालिकाको बिभिन्न कार्यक्रम फलदायी बन्दै जाँदा यसकिसिमको कार्यक्रम अन्य पालिकाले समेत संचालन गर्न जरुरी रहेको स्थानीयले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज