रामग्राम स्तूपलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्छौः मन्त्री किराँती

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता

फाईल तस्बिर

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तुपलाइ बिस्वसम्पदा सुचीमा राख्न पहल गर्ने सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनुभयो । स्तुपको अवलोकन गर्दै मन्त्री किरातले रामग्राम स्तुपको बिकास पर्यटन भित्र्याउन सकिने बताउनुभयो ।

रामग्राम स्तूपलाई बिश्व सम्पदा सूचीमा राख्न सरकार प्रयत्नशिल रहेको बताउदै यस्ता स्थलहरुको संरक्षण गरेर राख्न सक्नुनै सुखद पक्ष रहेको उहाँले उल्लेख गर्नु भयो। ‘बिश्वसम्पदा सूचीले मात्र देशको छविलाई माथी उठाउछ त्यसैले सरकारले यस्ता एतिहासिक स्थलहरुको प्रवर्द्धन गर्नु पर्छ यसले सिङ्गो राष्ट्रको परिचय बोक्ने छ हामि यसलाई प्रमाणित गर्छौ ।’ मन्त्री किराँती ले भन्नुभयो ।

ADVERTISEMENT

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्तूप क्षेत्रको पुर्वाधार र बिकासका लागि सरकालाई बजेट उपलब्ध गराउन मन्त्री किराँती लाई ध्यानाकर्षण गराउनु भएको थियो । भगवान गौतमबुद्धको एकमात्र अस्थीधातु रहेको रामग्राम स्तूपमा पुरातत्व बिभागले उत्खननको काम गरिरहेको छ । सोही क्रममा मन्त्री किरातिले बिहिबार यसको स्थलगत निरीक्षण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?