प्रसाईं समूहको कार्यक्रमस्थल बल्खु क्षेत्र दुर्गन्धित, सडकभरि फोहोरैफोहोर (फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको समहुले बल्खुमा बिहीबार प्रदर्शन गर्यो । प्रदर्शनको कार्यक्रम हिजो नै सकियो । तर, आज भने उक्त बल्खुक्षेत्र फोहोरले दुर्गन्धित हुन थालेको छ । प्रदर्शनका क्रममा युवा संघ र गणतन्त्र विरोधी मानिएको दुर्गा प्रसाई समुहको दोहोरो झडप समेत भयो ।

उक्त प्रदर्शनमा सम्बोधन गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाइले नेपालबाट भष्टाचारको फोहोर सोर्ने भन्दै भाषणबाजी गरे । बाहिर अश्रुग्यास प्रहार लगायत सबै भए । अब उनले काठमाडौं बन्द गर्ने रे ? तर यी सबैमा बीच भने बल्खुमा आन्दोलनकारीले गरेको फोहोरको डंगुर कस्ले सफा गर्ने ? दुर्गा प्रसाइ नेतृत्वको समुहले आयोजना गरेको कार्यक्रमस्थल बल्खुमा हजारौं प्रदर्शनकारी भेला र जम्मा भए । उनीहरुले पानीका बोतल, चाउचाउ खाएका खोलहरु यत्रतत्र सडकमा फालेका छन् ।

आन्दोलन भयो सकियो । प्रहरी आन्दोलनकारी सबै फर्किए । छुट्यो त केवल फोहोर मात्रै र यो फोहोर कस्ले सफा गर्ने ? फोहोरको जिम्मा कस्ले लिन्छ होला ?

हेर्नुस, फोटोहरुः

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज