बर्दघाट नगरपालिकामा वडाबाटै योजना सम्झौता 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins
नवलपरासी  । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकामा वडाबाटै योजना सम्झौता गर्ने कार्य सुरु भएको छ ।
बर्दघाट नगरपालिकाले बिहिवार वडा नम्बर १ बाट योजना सम्झौता कार्यको सुरुवात गरेको छ । आम नगरबासिको सहजताको मध्यनजर गर्दै वडा बाटै योजना सम्झौता गर्ने कार्य प्रारम्भ गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । "जनतलाई घर आगनबाटै सेवा पाउनु नै संघियताको मुल मर्म पनि हो । यसले नागरिकलाई सेवाप्रतिको बिश्वास पनि बढाउछ सबै कर्मचारीहरुले सहजीकरण गर्नु हुनेछ"नगरप्रमुख श्रेष्ठले भन्नुभयो।
नगरले वडा बाटै सम्झौता हुने भएपछि स्थानिय समेत खुसी देखिएका छन् ।"सधै नगर धाउनु भन्दा वडा बाटै काम हुदा समयको पनि बचत हुने र उपभोक्तालाई थप जिम्मेवारी महसुस पनि हुने हुादा काम पनि राम्रो हुने छ" स्थानीय पिताम्बर चौधरीले बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले सेवाग्राहीको चाप र आवस्यकतालाई हेरी सबै वडाहरुमा यो अभियान सञ्चालन हुने बताउदै समयमै योजना सम्पन्न गर्नु पर्ने बताउनु भयो ।कति पय अवस्थामा वडामै जादा स्थलगत अनुगमन पनि गर्न सहज हुने हुदा कामको प्रकृति हेरेर योजनाको सम्झौता गर्द सहज हुने खनालले बताउनु भयो ।
उपभोक्ता समितिलाई थप जुझारु बनाई समयमै योजना सम्पन्न गर्न लागि पर्ने नगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज