काठमाडौं । नेकपा एमाले निकट युवा संघको कार्यक्रमस्थल तीनकुनेमा नेता कार्यकर्ताहरू जम्मा भएर प्रदर्शन थालेका छन् ।
अहिले युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकभरी छारिएका छन् । सहभागीहरुले भ्रष्टाचार, अपराधलगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।













