काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर बजार बुधबार भने उच्च अंकले बढेको छ । यस दिन एक अर्बभन्दा बढीको कारोबार भएको छ । मंगलबार २३.८२ अंकले घटेको नेप्से बुधबार २०.६१ अंकले बढेको हो । दुई सय ९४ कम्पनीका ४२ लाख १३ हजार दुई सय ८५ कित्ता सेयर एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ रुपैयाँ बराबरको कारोबार भएको छ । ठूला कम्पनीका कारोबार मापक सूचक सेन्सेटिभ इण्डेक्स पनि २.१५ अंकले बढेर ३५४.२१ अंकमा पुगेको छ ।
बुधबार म्युचुअल फण्डबाहेक सबै समूहगत सूचक बढेका छन् । बढेका १२ समूहमध्ये होटल तथा पर्यटन समूहको सर्वाधिक ३.४९ प्रतिशत बढेको छ भने जलविद्युत् २.३६ प्रतिशतले घटेको छ । वित्त, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा, अन्य र व्यापार समूहको परिसूचक एक प्रतिशतभन्दा बढी बढेको छ । म्युचुअल फण्ड समूह भने ०.०३ प्रतिशतले घटेको छ ।
सोनापुर मिनरल्स एण्ड आयलको सबैभन्दा धेरै १० करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको १० करोड २० लाख रुपैयाँमा संस्थापक सेयर कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंकको पाँच करोड २२ लाख रुपैयाँमा संस्थापक सेयर, हाथवे इन्भेष्टमेन्टको चार करोड एक लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावरकोे ९.९५, माथिल्लो मैलुङ हाइड्रोपावरको ९.९२, थ्रीस्टार हाइड्रोपावरको ९.७२, पिपल्स हाइड्रोपावरको ९.४१, सोनापुर मिनरल्स एण्ड आयलको ८.६४ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७.८३ प्रतिशत, मनकामना इञ्जिनियरिङको ७.३९ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.८३ प्रतिशत र रसुवागढी हाइड्रोपावरको ७.०१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
सयपत्री हाइड्रोपावरको सेयरमूल्य ८.१५ प्रतिशतले घटेको छ भने १०.५० प्रतिशत, एसबिएल डिबेन्चर २०८२ को सेयरमूल्य ७.४९ प्रतिशत, स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.९१ प्रतिशत घटेको छ । एनआइसी एसिया फेक्सी क्याप फण्डको इकाई ४.९९ प्रतिशत, १०.२५ प्रतिशत, सनराइज बैंक डिबेन्चर २०८३ को ३.९५ प्रतिशत, सामुदायिक लघुवित्तको ३.७० प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाई ३.६५ प्रतिशत, प्रभु स्मार्ट फण्डको इकाई ३.५४ प्रतिशत, खानीखोला हाइड्रोपावरको सेयरमूल्य ३.२६ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ३.२२ प्रतिशतले घटेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts