अब क्यूआर कोडमार्फत उजुरी दिन मिल्ने

नन्दराम जैशी
नन्दराम जैशी
Read Time = 5 mins

सुर्खेत । कर्णालीवासीले अब घरमै बसेर क्यूआर कोडमार्फत उजुरी दिन पाउने भएका छन् । कर्णाली प्रदेश प्रहरीले क्यूआर कोडमार्फत गुनासो व्यवस्थापन गर्ने प्रणाली सुभारम्भ गरेपछि कर्णालीवासीले अब घरमै बसेर क्यूआर स्क्यान गरी गुनासो तथा उजुरी दिन पाउने भएका हुन् ।
यो सेवा सुरु भएपछि अब कुनै उजुरी दिन, गुनासो सुनाउन वा तथ्यांक माग्नुपरेमा प्रहरी कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ । कर्णाली प्रदेश प्रहरी अन्तर्गतका १० वटै जिल्ला प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म जुम्ला र कर्णाली प्रदेश प्रहरी विद्यालय सुर्खेतले सेवा कार्यान्वयनमा भुमिका खेल्नेछन् ।

क्यूआर मार्फत कुनै पनि उजुरी/गुनासो प्राप्त भएमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको उजुरी छानबिन शाखाले तत्काल आवश्यक कारबाही सञ्चालन गर्ने भएको हो ।

मंगलबार क्यूआरकोड सेवाको शुभारम्भ गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानीरिक्षक (डीआईजी) भिमप्रसाद ढकालले नागरिकमैत्री सेवा प्रवाहमा प्रहरीको पहुँच चाँडो पुर्याई प्रविधिमैत्री गुनासो व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा राखेको बताउनुभयो ।
प्रहरीको सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गरी सेवा प्रवाहलाई प्रभावकारी र जनमैत्री गुनासो सम्बोधनमार्फत प्रहरी र नागरिकबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको उहाँ बताउनुहुन्छ । सुरक्षित कर्णाली अभियान अन्तर्गत सुरु भएको क्यूआर कोड सेवा प्रदेशका सबै जिल्लामा विस्तार गरिने ढकालको भनाई छ ।

उक्त क्यूआरकोड मार्फत प्रहरी सेवा सम्बन्धी सुझावरसल्लाह, प्रहरी कर्मचारीप्रतिको गुनासो, वेबसाईट तथा सामाजिक सञ्जाल सम्बन्धी सुझाव, सूचना माग (प्रहरीको कामकारबाहीसँग सम्बन्धित) र नजिकै घटेका घटनाका बारेमा प्रहरीलाई जानकारी तथा गुनासा दर्ता गराउन सकिनेछ । यसरी आएका गुनासा उपर तत्कालै, तीन दिन र पाँच दिनभित्र सम्बोधन गर्ने तयारी गरिएको डीआईजी ढकालले बताउनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार प्राप्त उजुरीको कार्यान्वयन तथा भए गरेको प्रगति विवरण उजुरीकर्तालाई जानकारी गराउने व्यवस्था गरिएको हो । क्यूआर मार्फत प्राप्त कुनै गुनासोको सम्बन्धमा कानुनी व्यवधानका कारण वा अन्य कुनै कारणले सम्बोधन गर्न नसकिने भएमा सो को जानकारी समेत सम्बन्धित गुनासोकर्तालाई गराइने छ ।

क्यूआर कोड सर्वसाधारणको सहजैमा पहुँच हुने र सबैले देख्ने उपयुक्त स्थानमा राख्ने सक्ने व्यवस्था समेत प्रदेश प्रहरीले गरेको छ । प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा तथा कर्मचारीको व्यवहारमा देखिएको असन्तुष्टी गुनासो पेटीका मार्फत लिदा समय बढी लाग्ने, झन्झटिलो, तत्काल सम्बन्धित व्यक्ति समक्ष नपुग्ने स्थिती रहेकाले सहज सम्बोधन गर्न प्रहरीले क्यूआर कोड अभियान सुरु गरेको हो ।

फोटो : क्यूआर कोडमार्फत गुनासो व्यवस्थापन गर्ने प्रणाली सुभारम्भ गर्नुहुदै प्रहरी नायव महानीरिक्षक भिमप्रसाद ढकाल । नन्दराम जैशी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?