राजविराज । सप्तरी जिल्ला कारागार राजविराजमा एक जना कैदीको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा ०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका वडा नं- १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रशासनले जनाइएको छ ।
मंगलबार बिहान खाना खाएर शौचालय गएका वेला उनी निस्के पछि लडेका थिए । उनलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएकोमा उपचारको क्रममा मण्डलको मृत्यु भएको कारागार प्रमुख सदानन्द दासले बताउनु भयो ।






