धर्मसभा तत्कालका लागि स्थगित गर्न मुस्लिम धर्मावलम्वीहरुलाई स्थानीय प्रशासनको अनुरोध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्वीहरुले आयोजना गर्न लागेको धर्मसभा तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले खनार र दुहवीमा आयोजना गर्न लागिएको सो कार्यक्रम स्थगित गर्न आयोजकहरुलाई आग्रह गरेको हो ।

गृह मन्त्रालयको निर्देशन, आयोजक संस्थाहरुसँगको छलफल र जिल्लास्थिति सर्वदलीय बैठकको निर्णयअनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सो कार्यक्रम स्थगित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उहाँले आयोजक संस्थाहरुले मुलुकको कानुनको पालना गर्न पनि सो कार्यक्रम स्थगित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘इस्लाम धर्मावलम्वीहरुको इस्तिमा कार्यक्रमलाई तत्कालका लागि सुरक्षा संवेदनशीलताका कारण स्थगित गर्न, गराउन भनि गृह मन्त्रालयको लिखित निर्देशन भए बमोजिम आयोजक पक्षसँग पटकपटक छलफल गरेर लिखित सहमती पनि कायम गरिएको अवस्था छ । र, सँगसँगै राजनीतिक दलसँग पनि सर्वपक्षीय र सर्व दलीय बैठक गरेर पनि यो कार्यक्रमलाई स्थगित गर्ने, गराउने गरी निर्णय गरिएको छ । सो अनुसार आयोजक पक्षलाई जानकारी पनि गराइसकिएको छ । हामीले अपेक्षा गरेका छौं–यो कार्यक्रम उहाँहरुले स्थगित गर्नुहुनेछ । र, नेपाल सरकारको निर्देशन र कानूनलाई उहाँहरुले पालना गर्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

सुनसरीको खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म दुई फरक समूहले छुट्टाछुट्टै मुस्लिम धर्म सभा इस्तिमा कार्यक्रम आयोजना गर्न लागेका थिए । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै इजाजत दिन नसकिने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज