इलाम दुर्घटना अपडेट : जंगल र रुखमा अड्कीएका घाइतेको उद्धार जारी

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा ३६ यात्रु घाइते भएका छन् ।

११–१२ वर्षको देखिने एक बालकको अहिले पनि रुखमा अड्किएको अवस्थामा रहेको र उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा अर्याल चोक नजिकै राजमार्गबाट खसेर दुर्घटना भएको हो ।

बसमा सवार ३७ मध्ये सबैजसो यात्रु घाइते भएको अनुमान गरिएको छ ।

ADVERTISEMENT

केहीलाई उद्धार गरी उपचारका लागि झलागी लगिएको छ । केही घाइते अहिले पनि जंगल र रुखतिर अडिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज