बैंकले सर्बसाधारणको खातामा ८२० करोड जम्मा गरिदिएपछि…

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँदिल्ली । भारतको एउटा बैंकले सर्बसाधारणको खातामा ८२० करोड रुपैयाँ पठाएको छ ।

भारतस्थित युको बैंकले एक ग्राहकको खातामा झुक्किएर ८२० करोड पठाएको र त्यसको ७९ प्रतिशत फिर्ता ल्याएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अझै पनि सो बैंकले ती सर्ब साधरणबाट १७१ करोड भारतीय रूपैयाँ फिर्ता लिन सकेको छैन ।

ADVERTISEMENT

युको बैंकमा लापरवाहीको ठूलो घटना बाहिर आएको हो । भर्खरै बैंकले गल्तीले ग्राहकको खातामा ८२० करोड रुपैयाँ ट्रान्सफर गरेको स्विकार गरेको छ ।

यो कुरा बाहिर आएसँगै बैंकले तत्काल असुली प्रक्रिया सुरु गरेकोसमेत जनाएको छ ।

बैंकले ग्राहकको खातामा पठाएको ७९ प्रतिशत रकम फिर्ता गरिसकेको भए पनि १७१ करोड रुपैयाँ ठुलो रकम उठाउने प्रयास जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?