छठ पूजाको लागि कृत्रिम पोखरी

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । छठ पर्व सूरु भएसँगै तराई मधेस खोला, पोखरी, कुवा तथा नदीमा श्रृंगारेर झपक्क पारिएको छ । यसरी बेहुली झैँ श्रृंगारिएको स्थानमा जलवायु परिवर्तनको असर देखा पर्न थालेको प्रष्ट रुपमा देखिन्छ । पछिल्लो समय खोलामा पानी सुकेर पानी बिनाको खोला भएपछि स्थानीय तहको पहलमा छठीघाट (पूजास्थल) निमाण गर्न पानीको खोल्सी खनी रहेको देखिन्छ ।

सर्लाहीको फूलजोर खाला, कालिन्जोर खाला, लखन्देही, झिमलगायतका प्रमुख खोलामा समेत अहिले पानी छैन । यसरी पानी नभएपछि स्थानीय तहको पहलमा डोजर संचालन गरी छठीघाट निर्माण गर्न खोलामा खोल्सी निर्माण गरिएको ईश्वरपुरका नगर प्रमुख मनोज आचार्यले बताउनुभयो ।

ADVERTISEMENT

यस वर्ष मात्र आफ्नो नगर क्षेत्रभित्र मात्र करिव २०-२५ स्थानमा खाल्टा खनी पानी बाहिर बाट भर्ने काम गरिएको नगर प्रमुख आचार्यले जानकारि दिनुभयो । पछिल्लो समय पानीको मुहान सुक्दै र मुल फूट्ने गरी पानी नपर्दा खोलामा पानी नभएको कारण डोजर संचालन गरी पानीको जोहो गनुपर्ने अवस्था आएको छ ।

चुरेक्षेत्रबाट बग्ने पानी यस वर्ष छिटै सुक्दा खोलामा पानी सुकेपछि यसरि स्थानीयले खाल्टाेकाे पानीको भरमा पूूजा गर्नु परेको हो । यसरि खाल्टोमा रहेको पानीमा पूजा गर्दा जुन रुपमा धेरै समुदायले एकै ठाउँमा जम्मा भएर पर्व मनाउँदा रमाइलो हुनुको साथै भाइचारा कायमा रहने भएपनी पछिलो समय यसरी सीमित ठाउँमा पानी जमाएर पर्व मनाउँदा आफ्नो इच्छा अनुसार र समुदाय पिच्छे हुने भएकाले यसको माैलिकता समेत हराउने नागरिक समाज सर्लाहीका अगुवा रजनिकान्त झाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज