अख्तियारद्वारा नापी कार्यालय झापाका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Read Time = 3 mins
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापाका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नापी कार्यालयमा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित सर्वेक्षक सुवाशचन्द्र यादव र बिचौलिया उमेश यादवविरुद्ध शक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । तीन जनाउपर घुस÷रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तीन जनालाई ७० हजार नगद ५५ हजारको चेकसहित एक लाख २५ हजार रुपैयाँसहित असोज २६ गते नियन्त्रणमा लिएको थियो ।
उनीहरूले घुस लिएको पुष्टि भएको हुँदा तीनै जनाविरुद्ध एक लाख २५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको उहाँले बताउनुभयो ।
उनीहरूविरुद्ध बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को (घ) बमोजिम हुने कैद सजाय माग गरिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता