गुल्मी । गुल्मीमा भुस्याहा कुकुरको टोकाइबाट १७ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा भुस्याहा कुकुरले टोकेर १७ जना घाइते भएका हुन् ।
बुधबार र विहीवार दिउँसोको समयमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भुस्याहा कुकुरले जहाँ जस्तो समयमा पनि टोक्न सक्ने भएकाले सावधान रहन सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ । घाईते सबैजनालाई मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।






