काठमाडौं । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति बागमती प्रदेशको आयोजना तथा रसुवा एवं नुवाकोट जिल्लामा बृहत् धार्मिक भेला आयोजना गरेको छ । हालै रसुवाको कालिका क्याम्पस तथा नुवाकोटको ज्येष्ठ नागरिक आश्रममा सम्पन्न भएको छ ।
पूर्वीय धर्म दर्शन हिन्दु धर्मको वैज्ञानिक पक्ष बारे प्रशिक्षणका लागि स्रोत व्यक्तिका रूपमा साहित्यकार एवं लेखकत्रय हरि मञ्जुश्री, प्राडा. कुलप्रसाद कोइराला तथा अच्युतप्रसाद पौडेल चिन्तन रहनुभएको थियो ।
प्रवीण घिमिरेलगायत विश्व हिन्दु महासंघ आबद्ध वागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका प्रतिनिधिहरू संलग्न सो कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष एवं स्थानीय व्यक्तित्वहरूले धर्म, संस्कृति, संस्कार र नेपाली सभ्यताका विषयमा व्यापक छलफल गर्नुभएको थियो ।
धर्मभूमि नेपालको ऐतिहासिक विशेषता र विवेचना प्रशिक्षकहरूबाट प्रस्तुत गरिएको थियो । अर्जुन सापकोटाको सञ्चालनमा भएका उक्त कार्यक्रममा रसुवा घोषणपत्र तयार गरिएको थियो । आगामी कार्यक्रम सिन्धुलीमा हुने आयोजकहरूले बताउनुभएको छ ।






