लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलव रकम सहयोग गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई राहात दिने भएका छन्।

भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका लागि राहत रकम दिने भएका हुन्।

कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिनुभयो।

ADVERTISEMENT

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिव स्तरिय निर्णय अनुसार ११औं तह वा सो भन्दा माथिका कर्मचारीले तीन दिनको तलव, अधिकृत छैठौंदेखि दशौं तह वा सो सरहसम्मका कर्मचारीले दुई दिनको तलव र सहायक स्तर र तह विहीन कर्मचारीले एक दिनको तलव भूकम्प पीडितका लागि उपलब्ध गराउने भएका हुन्।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिनुभयो।

गत शुक्रबार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा माननीय तथा भौतिक क्षेति पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?