पाल्पाको भुतखोलामा डुबेर एकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता

सांकेतिक तस्बिर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३ भुतखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको भुतखोलमा डुबेर मृत्यु भएको हो ।

मंगलबार विहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका-९ का आचार्य खोलामा अचानक डुब्न पुगेका थिए । खोलामा डुबेका उनलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि बुटवल हस्पिटल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

ADVERTISEMENT

आचार्यसँग सोही ठाउँकी २६ वर्षीया युना दाहाल पनि जानुभएको थियो । उहाँ पनि अचानक खोलामा डुब्नु भएको हो । दाहालको भने बुटवल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको बुझिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?