बोदेबर्साईन नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

सप्तरी । जिल्लाको बोदेबर्साईन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार अर्काको मोटरसाइकलमा लागुऔषध राखेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा सहसंयोजक साहले लागुअ‍ौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले बताउनु भयो ।

ADVERTISEMENT

वोदेवर्साइन ५ का सहसंयोजक साहले ठाकुरको लु५५प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्रोभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअ‍ौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताउनु भयो ।

सोही आरोपमा बोदेबर्साईन नगरपालिका ५ जाँजरका मो. नजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज