दुर्घटनामा परेको कारमा आगजनी

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । इलामको रोङ गाउँपालिका वडा नम्बर ३ कोलबुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ ।

गत मंसिर १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिनुभयो । सडकबाट करिब ३ सय मिटर तल झरेर दुर्घटना भएको सो कार डेढ महिनादेखि दुर्घटनास्थलमै रहेको र शनिबार लिन जाँदा जलाएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।

इलामबाट झापातर्फ आउँदै गरेको बी एए १६९२ को कार दुर्घटना हुँदा ५२ वर्षीय कारधनी पोखरेलसहित ५७ वर्षीय राजकुमार पौडेल, विराटनगर-२ का २४ वर्षीय अर्जुन महर, झापा दूधेका मनोज राईसहित ५ जना घाइते हुनुभएको थियो ।

ADVERTISEMENT

प्रहरी चौकी हर्कटे इलामका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतको टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरी उपचारका लागि झापास्थित वीएण्डसी अस्पताल पठाएको थियो ।

उपचारपछि कारधनी पोखरेल घर फर्किनुभएको थियो । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सहसचिवसमेत रहनुभएका पोखरेलले कार जलाउनेलाई पक्राउ गरी कारबाही गर्न मागसमेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज