काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भूकम्प प्रभावितको तत्काल खोज, उद्धार, घाइतेको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनस्र्थापनामा सहयोगस्वरूप सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय विपत्तिको कठिन अवस्थालाई संवेदनशीलरूपमा लिँदै सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिबारे जानकारी लिँदै तत्काल खाद्यान्न, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबासको आवश्यकताअनुसार सामग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अघि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायमा सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई आहृवानसमेत गरेको छ ।
साथै सिबिफिनले विनाशकारी भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभ र दिवंगत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता