तीन महिनामा बुटवल उपमहानगरपालिकाले संकलन गर्‍याे १८ करोड राजस्व

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गरेको छ। बुटवल उपमहानगरले चालु आर्थिक वर्षको तीन महिनामा १० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षको यो अवधिमा ८ दशमलव ४ प्रतिशत खर्च भएको थियो।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बुटवल उपमहानगरपालिकाले १८ करोड राजस्व संकलन गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवल उपमहानगरपालिकाले वार्षिक कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले काम गरेको बताउँदै यसले विकास निर्माण र सुशासनमा टेवा पुग्ने बताउनु भयो।

उहाँले गत आर्थिक वर्षभन्दा धेरै विकास बजेट खर्च गर्न र देशमै उत्कृष्ट नगरको रुपमा अगाडि बढ्न शुभकामना दिनुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल, सफा बुटवल, शिक्षा र स्वास्थ्यमा अग्रणी बुटवल बनाउने गरी योजना बनाएर कार्यान्वयनमा गएको बताउनु भयो। उहाँले चालु आर्थिक वर्षमा लगानी सम्मेलन गरी लगानीकर्ता आकर्षित गर्ने, गृहणी महिला रोजगार कार्यक्रममार्फत महिलाहरुलाई उत्पादन र रोजगारसँग जोड्ने, पछाडि परेका विद्यालयहरुको स्तरोन्नतिका लागि कार्यक्रम गर्नेजस्ता काम अगाडि बढेको बताउनु भयो।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध शहरका रुपमा स्थापित गर्नका लागि योजनाअनुसार काम भइरहको बताउनु भयो्। उहाँले सबै क्षेत्रलाई समेटेर नगरले काम गरिरहेको र यसमा सबैको साथ आवश्यक रहने बताउनु भयो।

ADVERTISEMENT

प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बुटवललाई योजनाबद्ध विकासका लागि कार्ययोजना बमोजिम सबै कामहरु अगाडि बढेको बताउनु भयो। उहाँले चालु आर्थिक वर्षमा राजस्व संकलनलाई अझै धेरै बढाउने गरी काम भइरहेको बताउनु भयो।

योजना शाखा प्रमुख दामोदर ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रममा बितेको तीन महिनामा बुटवलले पशु बधशालाको सञ्चालनका लागि सम्झौता गरेको, मुख्य सडक र भित्री सडकहरु सरसफाइ तथा हरियाली बनाउन वृक्षरोपण गरेको, उज्यालो बुटवल अन्तरगत उज्यालो बनाउन बिद्युतीकरण गरिएको, खाली सटरहरु ठेक्कामा लगाएको, बसपार्क सुधार अभियान सञ्चालन गरिएको बताउनु भयो।

सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बुटवलबासीका प्रतिक्रिया लिने गरी सार्वजनिक सुनुवाई गर्ने तयारी भएको बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?