मान्छे सभ्यता र असभ्यताको मूल
मानव भन्ने जीवका सम्बन्धमा पौरस्त्येली र प्रतीच्येलीका चिन्तन मिल्दैनन् । उनीहरू जीवविकासका शृंखला गन्छन् झुसिल्कीरो पुतलीमा परिणत भए झैँ कुनै जातिको वानर विकसित भएर मान्छे बनेको भन्छन् । पौरस्त्य चिन्तन त्यस्तो छैन । पौरस्त्य जगत्को मान्छे प्राकृतिक सृष्टि र वैकृतिक सृष्टिबाट मान्छेका रूपमा नै आविर्भूत भएर आएको हो भन्दै सनक सनातनादि ब्रहृमाका पहिला मानस प्राकृतिक सन्तान वैरागी भएर ब्रहृमोपसाधनामा लागेपछि पुनः ब्रहृमाजीले दस मानस पुत्र जन्माएर मैथुनिक सृष्टि गर्ने आदेश दिए ।
मनु र शतरूपा, दक्ष र विरणी कश्यप र दिति, अदिति, घोरा, कद्रु आदि कश्यपका सोरवटी र दक्ष तथा विरणीबाट तेत्तीसवटी छोरी उरस जोडेर जन्माइएका सन्तानले डाँडाकाँडा ढाकेर आजका विश्वको अवस्थामा पुगेको हो भन्ने पुराणादिमा संकेत भेटिन्छ । कश्यप नामका ऋषिले नै दितिका गर्भबाट दैंत्य, अदितिका गर्भबाट आदित्यादि देवता, विनताबाट वैनतेयादि पक्षी, घोरा कद्रुबाट चारखुट्टे पशु र सरिसृपादि छातीबाट घस्रेर हिँड्ने जन्माए भनिन्छ । यसरी हेर्दा हामी मान्छे जति सबै मनुका सन्तान भएका हुनाले मानव या मनुष्य भएका देखिन्छौं । दिति र अदितिका सन्तानले नै अरू सबैलाई उछिने । भौतिक बल र भौतिक धनसम्पदामा विश्वास गरेर शरीरलाई नै मुख्य मान्ने जति भौतिकवादी दैंत्य बने भने शरीर कर्मधर्मको माध्यम मात्रै हो ।
धर्म, पन्थ, सम्प्रदाय तथा राजनीति धूर्त, चलाख र बदमासले सोझा सरल प्रकृतिका मान्छेलाई दास बनाउने उद्देश्यले स्वर्ग, बैकुण्ठ, कैलाश, शक्तिधाम आदिको लालीपप खुवाएर आफ्नो दुनु सोझ्याउने काम गरे भने अर्कातिर राज्य र राजाको या राजनीतिको थिति बसालेर यसका नाममा आआफ्ना फटाहाको जमात खडा गरे ।
यो असत्य र क्षणभंगुर छ अतः ध्यान गर्नलायक ब्रहृम हो र त्यो शाश्वत् एवं सनातन पनि भएको हुनाले त्यसैको खोज, ध्याउन्न ध्यान गर्नुपर्छ भन्ने जति देव, ग्रह र ऋषि आदि भनेर चिनिन थाले । सुरुमा देव र दानव सौतेने भाइ भएका हुनाले राज्य या बस्ने खाने लाउने आदि कुराका अधिकारमा यिनीहरू लडेभिडे तर ब्रहृमा, विष्णु, शिव, रवि, शक्ति (क्षिति, जल, पावक, गगन, समिर) पाँच महाभूतले यिनलाई धारण गरे । भौतिक शास्त्र निर्माण गरेर भौतिक सुखसुविधा जम्मा गरेपछि त्यस बेला पनि भोग्नका लागि आजका हमास र इजरायलका बीचको या रसिया र युक्रेनका बीचको द्वन्द्वजस्तै देवासुर युद्ध, देवीअसुरयुद्ध, देवदानवयुद्ध आदिनामका युद्धले वैदिक गाथा भरिएका छन् ।
पुराण बाइबल, बुढापेष्ट, कुरान, जरथ्रुस्त, धम्मपद, त्रिपिटक जे जे हेरेर खोजे पनि जीवन प्रवृत्युन्मुख बनेर अनि निवृत्युन्मुख बनेर प्रकट भएको देखिन्छ । सबै प्रवृत्तिमार्गमा लागेका भए नेपालको वन मासिए झैँ मान्छे आपसमा मारामार गरेर नै सिद्धिनेरहेछ । सबै निवृत्तिमार्गमा लागेका भए लोकपिता भन्ने नाम ब्रहृमाको नरहने रहेछ । वन, स्थल र जलमा समेत राज डाइनासोरले गरेथ्यो रे ।
पछिल्लो समयमा सिंह वनको राजा भयो तर मान्छे मुन्डेमुन्डे मतिर्भिन्नाः भएको हुनाले २९५ भन्दा बढी राज्य खडा गरेर पनि नपुगी तारे, तिल्के, झालेमाले, पुत्ले पाङ्ग्रे बनेर पनि आआफ्नै सम्प्रदाय र पन्थ विकास गर्नाले आज मान्छे सबैभन्दा भयानक जीव बनेर देखियो । बडेमाको तारे टीको निधारमा लाउने जति ठग, सम्प्रदायी र पन्थी साधारण सनातनी आर्य अनार्य कोही पनि छैनन् । यिनीहरू आआफ्ना स्तर तथा तहको व्यवसाय गरेर नै सन्तुष्ट छन् जब कि तारेतिल्केले गाउँ सहर ठगेर सकेका छन् ।
धार्मिक व्यापार
धर्म, पन्थ, सम्प्रदाय तथा राजनीति धूर्त चलाख र बदमासले सोझा सरल प्रकृतिका मान्छेलाई दास बनाउने उद्देश्यले स्वर्ग, वैकुन्ठ, कैलाश, शक्तिधाम आदिको लालीपप खुवाएर आफ्नो दुनु सोझ्याउने काम गरे एकातिर भने अर्कातिर राज्य र राजाको या राजनीतिको थिति बसालेर यसका नाममा आआफ्ना फटाहाको जमात खडा गरेर यस सुन्दर पृथ्वीलाई मार, काट, छिनाझपटी, दाउपेच र आर्थिक तथा बौद्धिक शोषणको हतियार बनाएका ऋचाले वैदिक मन्त्रमा सबै भन्दा धेरै स्थान पाएको देखिन्छ । प्राक्वैदिक कालमा मानव कस्तो थियो भनेर बताउने कुनै शास्त्र छैनन् । सर्वप्राचीन विश्वसंविधान भनिएको ऋग्वेदमा नासदीय सूक्तले यस्तै संकेत गरेको छ र त्यसलाई यो सृष्टि सिद्धिएपछिको रिक्तताको समेत ध्वनि आउने गरी ऋषि समाजले मन्त्र दर्शन गरेका छन् ।
यस्तो नभूतो नभविष्यति लेख्न, रच्न सम्भव छैन । यो दिव्य प्राकृतिक ज्ञानको आवर्तवुद््वुद् नै हुनुपर्छ । आजको विश्वमा अनेकौं प्रपञ्च चलेका छन् । कोही व्यापारिक प्रपञ्च, गर्छन् । तिनलाई कालो बजारिया भनिन्छ । कोही राजनीतिक प्रपञ्च गर्छन् तिनलाई हाम्रा देशका तीन टाउके, पुटिन, सिजि पिङ, जेलेनेस्की जस्ता मानव सभ्यताका कलंक कंस भनिने छन् यदि भविष्यमा कहिल्यै यस पृथ्वीमा सभ्य समाज बन्यो भने । यस्तै कोही धर्मका नाममा प्रपन्च गर्दछन् ती धर्मव्यापारी कलुषकर्मी कालनेमि हुन् ।
नेपालमा पनि यी सबै खाले प्रपञ्च देखिएका छन् । नारीलाई आफ्ना लोग्नेको बाहेक चरण स्पर्श, निधार राखेर ढोग्ने अधिकार पौरस्त्य शास्त्रले दिएको छैन तर तारे र तिल्केहरू साधारण गृहस्त नारीदेखि एकल विधवासम्मलाई परलोक सुधार्ने नाममा तिलक कण्ठी दिएर चरण स्पर्श र चरण वन्दना, चरणमा निधार राखेर ढोगाउनेदेखि गुरुसेवाका नाममा अनेकौं कर्म कुकर्म गर्छन् । उनीहरू नारी उद्धार तथा वैष्णव धर्म प्रचारका निमित्त प्रायः परिस्थिति वशात् सतिएका, सामाजिक अपहेलनामा परेका, वैवाहिक जीवन असफल भएर अलपत्र परेका कामार्त गाउँले समाजका अबोध नारीलाई चेली बनाउने गर्दछन् ।
यस्तै कुकर्मी सन्न्यासी, शाक्त, गाणपत्यादिमा पनि भेटिन्छ । विष्णुले वृन्दापरस्त्री गमन गर्नुहुन्छ भने वैष्णवले किन नहुने ? हामी पनि आफ्नै कमजोरीका कारणले त्यस्तैलाई माता र पूज्या भनेर चरणरजको टीको लाउँदै हिँड्छौँ । छोरीलाई पढाएर विदुषी बनाएर गार्गी, घोषा, मदालसा, उत्पला, अच, स्वरा, मैत्रेयी, कात्यायनी, दुर्गा, सरस्वती र लक्ष्मीका रूपमा हाम्रै ऋषि समाजले स्युद्धार गरेर विश्ववन्दिनी बनाएका कुरा भुलेर वृन्दावन, अयोध्या आदि ट्रस्टीका शरणमा पु¥याएर व्यपार गर्दछौँ । यस्तै ट्रष्टी नेपालमा खडा गर्ने वञ्चकका चरणमा शिर निहुर्याउन पुग्दछौं ।
नवपुर नवद्वारयुक्त अयोध्या यही शरीर हो भनेर हाम्रा ऋषिले गरेका चिन्तनमा हामीलाई विश्वास छैन तर धर्मव्यापारी कालनेमिलाई विश्वास गर्न पुग्छौं । धर्म, पन्थ र सम्प्रदायको राजनीति यही हो । अस्ति भर्खरै सम्पन्न भएको पशुपतिका प्रांगणको कोटिहोम नामको ‘छमक छल्लो’ नृत्य र विज्ञापन गरी गरी रकम असुल्ने खेल यसैको पराकाष्ठा थियो । राज्यले यस प्रकारका कुकर्म नियन्त्रण गर्नुपर्छ तर अहिले संसारका धर्मव्यापारीको बैकुण्ठ बनेको छ नेपाल किनभने शासनसत्तामा रावण र कंस बसेका छन् वत्सासुर र पुतनालाई नियन्त्रण गर्ने कसले ?
राजनीतिक व्यापार
राज्यको उत्पत्ति निश्चित भूभागमा बस्ने जनताको सुरक्षा, समानता, स्वास्थ्योपचार, न्यायान्यायको परीक्षण र शिक्षाको अवसरलाई दृष्टिपथमा राखेर भएको देखिन्छ । मनुष्मृति हेरौं कि एथेन्सका ग्रामीण राज्य सञ्चालन प्रणालीदेखि आजका डाइनासोरे आकारका पूर्ण विकसित राज्यका काम कर्तव्यलाई हेरौं । नेपालका राज्य सञ्चालक भने २०१६ सालमा बनेको साँढे एक वर्षे सरकारभन्दा पछि आजका दिनसम्म नै सरकार सरकार जस्तो बन्न सकेन र मतदाता मतदाता नभएर भेडाबाख्रा बने । दलका गोठालाले जे चाहृयो त्यही गरेर पनि दुईटा दलगोठालाले आफ्नो शक्ति प्रदर्शन गरेको धेरै भएको छैन । नेपालका मत दाताको यो अविवेकीपन बेलाबेला पुरानै समयदेखि प्रदर्शित हुँदै आएकै हो ।
कृषिप्रधान देशमा कृषकको हरिबिजोक कसले देखोस् ? ‘एकां लज्जां परित्यक्त्वा सर्वत्र विजयी भवेत्’ अर्थात् एउटामात्र लाज पचाएपछि सर्वत्र विजय हुन्छ भन्ने नग्नासुरको गायत्री जपेर बसेको छ सरकार, दलनायक र अड्डा अदालतका खलनानायक खरदूषणादि रावणीय आदेशका अनुयायी छन् ।
नेपालको राजनीतिमा कहिले हनुमानको त कहिले जाम्बवान लगायत् अंगदहरूको दब्दबा रहेको देखिन्छ । हनुमान र जाम्बवान इमानदार दासमात्रै थिए तर अंगद भनेको त्यस्तो नालायक वानर हो जो पितृहत्याराको दास बनेको थियो । जसले बाबु मारो उसैको दाहिने हात बनेर देखिने काम नेपाली राजनीतिमा ककस्ले गरे भनेर छानविन गरे सबैको मनमुटु झस्कनेछ नै । हो, यस्तै दास र दासानुदासका आगमनले मूल्यमान्यता खस्कन्छ । प्रणाली बिग्रन्छ, पद्धतिलाई क्षति पुग्दछ । छेपारे चरित्रका राजनीति कर्मीले जादूगरले जादू देखाए झैँ छिनछिनमा छेपारे चरित्र पनि प्रदर्शन गर्न भ्याउँछन् । यी पनि धर्मका क्षेत्रमा देखापरेका पुतना र कालनेमिभन्दा कम्ताका भ्रष्टाचारी छैनन् । आजका नेपालको प्रथमिक तहदेखि उच्च शिक्षाकै कुरो गर्ने हो भने पनि यी कालनेमिका कर्तुत मजले पस्टिन्छन् ।
शिक्षामा व्यापार, स्वास्थ्यमा व्यापार गरेर अकुत धन कमाउने अवसर आफन्तलाई र बृफकेस नजराना चढाउनेलाई प्रदान गर्नेको अहिले पनि कमी छैन नै । यिनले सुरक्षामा पनिव्यापार गरिसकेका हुन्थे त्यहाँ हतियार हुनेभएको हुनाले हामीलाई नै सिध्याउलान् भनेर डरका कारणले मात्रै यो देशको सुरक्षासंयन्त्रमा पँजनी चलाए पनि निजीकरण गरेर व्यापार चलाउन सकेका छैनन् राजनीतिको मखुण्डाका कालनेमिले । यी कालनेमि कोही समाजवादको मुखुण्डोधारी छन् त कोही सर्वहारको तारणमन्त्र प्रदाता छन् अनि कोही चाहिँ प्रजातान्त्रिक समाजवादको बर्को र मखुण्डाले असली चेहरा छोपेर नागरिक बेचबिखन र अन्य यस्तै बडेबडे घोटालामा लागेका छन् ।
सर्वहाराको तारणमन्त्रवाला त तन्नेरी, तरुनी, सुन, रक्तचन्दनको निकासी गरेर अकुत धनी बनेका छन् । कोही छल, कपट, दम्भ, कर्तव्याकर्तव्य बिर्सेर बिरामीका औषधिमा पनि खेती गर्छन् त चिया बगान र सरकारी जग्गा सुक्रिबिक्रीमा पनि लागेर कमाएका कमायै छन् । बाबुछोरा नातिपनाति सबै मिलेर साधारण मान्छेलाई चर्यामचर्यामती मकैभटमास चबाए झैं चबाउने । यिनकै चबाएर खाने गाँस बनेका छन् शिक्षा, स्वास्थ्य, सहकारी, परराष्ट्र र कृषिक्षेत्र । भरखरै भएका राजदूत नियुक्तिलाई हेरे पुग्छ । विश्वविद्यालयहरू त अरौटेपरौटे भर्ने खाली ठाउँ बनेका छन् ।
शैक्षिक तथा सहकारी व्यापार
पुतना, ताडका, सूर्पणखा र खरदूषणादि पचासौं हजार रावणका नसनाता चाहिँ शिक्षासहकारी र आइएनजीओ एनजिओको तल्लो तहदेखि उपल्ला तहसम्म फैलेर बसेका छन् । सहकारी साना थोरै आम्दानी भएका मान्छेका लागि अन्यान्य मुलुकमा वरदान भएको थियो तर नेपाली भस्मासुरले ती सोझानिक्षेपकारीलाई रक्तका आँसु रुवाएको टुलुटुलु हेरेर बसेको छ सरकार । शिक्षाको हालत त्यस्तै छ । दउथलपुथल गर्न जति पनि बजेट हुन्छ तर आवश्यक मात्रामा शिक्षक दरबन्दी सिर्जना गर्न सरकारै चाहँदैन ।
कृषिप्रधान देशमा कृषकको हरिबिजोक कसले देखोस् ? ‘एकां लज्जां परित्यक्त्वा सर्वत्र विजयी भवेत्’ अर्थात् एउटामात्र लाज पचाएपछि सर्वत्र विजय हुन्छ भन्ने नग्नासुरको गायत्री जपेर बसेको छ सरकार, दलनायक र अड्डा अदालतका खलनानायक खरदूषणादि रावणीय आदेशका अनुयायी छन् । यसरी शिक्षामा चाहे सुमना आउन्, चाहे विद्या आउन् सुधारको सम्भावना देखिँदैन किनभने मूल शासनमा रावण बसेको छ । रौति रावयतीति रावणः जो आफैं पनि रुन्छ र दुनियाँ रुवाउँछ त्यो मानवीय प्रवृत्ति नै रावण हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts