भोजपुर । नेकपा (एमाले) भोजपुरले आगामी महिनामा जिल्ला सदरमुकाममा बिशाल सभा गर्ने कार्ययोजना बनाएको छ ।
पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत झुलालघाट देखि चिवाभज्याङ्ग विशेष अभियानको तयारी वैठकको क्रममा जिल्लामा आगामी मंसिरमा बिशाल सभासहितका कार्यक्रम संचालन गर्ने योजना बनाएको हो ।
उपमहासचिव प्रदिप ज्ञवालीसहित उपस्थितीमा भएको तयारी बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत केन्द्रिय सदस्यहरु तथा जनसंगठन केन्द्रिय नेताहरुको समेत सहभागीता रहेको थियो ।
एमालेको पार्टी केन्द्रिय अध्यक्ष केपीशर्मा ओलीको प्रमुख आतिथ्यमा भोजपुर सदरमुकाममा मंसिर चौथो साता विशाल सभासहितको कार्यक्रम गर्ने कार्ययोजना छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts