भुकम्प पीडितलाई सहयोग गर्न अपिल गर्दै बर्दघाट नगरले २ लाख सहयोग

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । बर्दघाट नगरपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो।

आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा २ लाख जम्मा गरि सहयोग गरिने प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो । नगरको बिपद व्यवस्थापन कोषबाट सहयोग गर्ने खनाल बताउनुभयो ।

ADVERTISEMENT

मानवीय धर्म निर्वाह गर्ने र पीडितको पीडामा मलम लगाउने प्रयास स्वरुप सहयोग गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, ‘नगरपालिकाले नगरभित्रका रहेका सामुदायिक तथा निजि रुपमा संचालनमा रहेका संघ सस्थाहरुलाइ सहयोग गर्न अपिल गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?