जुम्लामा दुई हजारबढी हेक्टरमा मार्सीधानको खेती

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 7 mins

जुम्ला । हिमाली जिल्ला जुम्लामा उत्पादन हुने अति लोकप्रिय मार्सीधानको चामल स्वादेश तथा विदेशमा माग बढ्ने थालेपछि यहाँका किसान स्थानीय जातको धान भन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेकाछन् ।

यहाँका आठवटै स्थानीय तहमा उत्पादनहुने मार्सीधान खेतीमा जिल्लाभर अहिले दुई हजार ९५० हेक्टरमा खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । यो याममा यहाँका किसानलाई जुम्ली कालीमार्सी धान काटेर घरमा ल्याई सकेको स्थानीयवासि बताउँछन् । किसानहरुले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमाकमी आउने जनाएका छन ।

मार्सीधान कार्तिकको पहिलो सातामै काटेर घरमा किसानले राखिसकेको तातोपानी गाउँपालिका किसान सुनीता पाण्डेले बताउनुभयो । सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ ।

राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्‍याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् । जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा समेत मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगले उत्पादनमा कमी आएको स्थानीयवासि लक्ष्मी कार्कीले जानकारी दिनुभयो । तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सीधान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिनुभयो । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँहुने गरेको छ ।

ADVERTISEMENT

असोजको अन्तिम सातादेखी कार्तिक महिनाको पहिलो सातासम्म धान काटेर घरमा लिने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिनुभयाे । पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढाले बताउनुभयो

जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सीधानको खेतीहुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गतवर्षको असोजमा आएको बाढीपहिरोका कारण सिञ्जा गाउँपालिकाका ४२ वटा धान रोपाइँ गर्ने कुलोमा क्षति पुगेको थियो । गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान खेती भएको सिञ्जा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सीधानको खेती गरिएको थियो । चन्दनाथ बाबाले भारतको काश्मिरबाट ल्याएर खेती सुरु गरिएको मार्सी धानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो । गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाका अनुसार चन्दननाथ बाबाको शेरा जिउँलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सीधान रोप्ने गरिन्छ ।जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ ।

समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सीधान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्रथामिकतामा राखेर काम गर्नपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ । मार्सीधान संरक्षण गर्नेका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम बिनियोजन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । सङ्घीय सरकारले यस वर्षको बजेटमा जुम्ली मार्सी धानको ब्राण्डिङ गर्ने उल्लेख समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *