म्याग्दीबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीमा पहिलो पटक दुई जना गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले हाल अस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई लाई निवेदनको आधारमा पहिलो पटक गैरआवासीय नागरिकता प्रदान गर्नुभएको हो । ३७ बर्षिय भण्डारी ७२ बर्षिय सुवेदी म्याग्दीबाट पहिलो गैरआवासीय नागरिकता लिने पहिलो ब्यक्ति हुनुहुन्छ ।

म्याग्दीमा गैरआवासीय नागरिकताका लागि तीन जनाले आवेदन पेश गरेकामध्ये २ जनालाई शुक्रबार वितरण गरेको छ । हिमाल आरोही निर्मल पुर्जाले पनि निवेदन दिनुभएको थियो । उहाँ स्वयम उपस्थित नभएको कारण उहाँलाई आज उपलब्ध गराउन सकिएन । उहाँ उपस्थित भएमा गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराईने प्रजिअ पौडेलले बताउनुुभयो ।

आजबाट म्याग्दीमा गैरआवासीय नेपाली नागरिकता सुरुभएको छ । पूर्व नेपाली नागरिकको आधारमा सामाजिक र आर्थिक गतिविधिका कार्यबाहेक अन्य अधिकार प्रयोग गर्न नपाउने सर्तअनुसार उहाँहरुलाई नागरिता उपलब्ध गराईएको प्रजिअ पौडेलले बताउनुभयो ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

ADVERTISEMENT

नागरिकता सम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेका पूर्व नेपाली नागरिकता, बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको वडाको सिफारिस र विदेशी नागरिकता प्राप्त गरेको प्रमाणसहित कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूूचना जारी गरेको छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज