अपर अरुण आयोजना अनुगमनका क्रममा मन्त्रीसहितको टोली संखुवासभामा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना अनुगमनका लागि अर्थमन्त्री र ऊर्जामन्त्री सहितको टोली संखुवासभा आएको छ ।

सिम्रिक एयरको हेलिकप्टर मार्फत अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, संखुवासभाका प्रतिनिधिसभा सदस्य दिपक खड्कासहितको टोली आयोजनाको निर्माण स्थलमा पुगेको हो । प्राधिकरणको गौरवको आयोजनाकारूपमा अपर अरुणको निर्माण कार्य भई रहेको छ ।

ADVERTISEMENT

मन्त्रीसहितको टोलीले निर्माणाधीन आयोजनाको ड्यामसाइड, पावर हावस र सुरुङ मार्गको समेत अवलोकन गर्ने छ । टोलीमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बिश्व बैकका निर्देशकलगायत पनि रहनु भएको आयोजनाका बरिष्ठ गृष्म भण्डारीले बताउनुभयो । अपर अरुण आयोजनाको निर्माण कार्य बिद्युत प्राधिकरणले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?