शान्तिको पक्षमा आज काठमाडौंको रत्नपार्कमा जुलुश हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा बृहत जुलुश गर्ने भएका छन् ।

पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँंसो १ बजे रत्नपार्कबाट बृहत्त जुलुश निकालिने जनाएको हो ।

ADVERTISEMENT

अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतको विरूद्धु भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएका छन् । रत्नपार्कबाट हुने बृहत्त जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज