गुल्मी । पहिलो पटक गुल्मीको सदियौं पुरानो शत्तिपिठलाई व्यापक प्रचारप्रसार गर्ने गरि कात्तिक १५ गतेदेखि प्रथम ऐतिहासिक गुल्मी महोत्सव सुरू हुन गइरहेको छ ।
तम्घासस्थान मन्दिर नेपालकै सबैभन्दा पुरानो शक्तिपिठका रुपमा परिचित छ । सदरमुकाममा उपल्लो तम्घास खालाकाचौर स्थित उक्त मन्दिरको प्रचारप्रसारमा आयोजक गुल्मी उद्योग संघले सोही स्थानमा महोत्सव राखेर तम्घासस्थान मन्दिरलाई व्यापक प्रचारप्रसार गर्न लागेको हो ।
महोत्सवको पुर्वसन्ध्यामा आयोजकले सोही मन्दिर परिसरमा मंगलबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
संघका महासचिव सुर्दशन खनालले जिल्लाका पत्रकारहरूले दैनिकी जसो समाचार लेखेर आफुहरूको उदेश्य महोत्सव सुरू नहुँदै पूरा भएको महसुस गराएको र सो कार्यले आफुहरूलाई निकै उत्साहित बनाएको बताउनुभयो ।
महोत्सवको तयारी बारे जानकारी दिदैं अहिलेसम्म गुल्मी सम्पन्न भएका महोत्सवहरूमा भन्दा बढि स्टल राखिएको र त्यसमा पनि स्थानीय उत्पादनलाई बढवा दिईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयाे, '३०० स्टल बुकिङ भइसकेका छन् । थप स्टलका लागि माग बढेको छ ।' सोमबार साँझसम्म थप २० वटा थपिएको खनालले बताउनुभयो ।
३० प्रतिशत सहुलियतमा ५० वटा स्टल स्थानीय उत्पादनका लागि छुट्टाईएको उहाँले जानकारी दिनुभयो । 'महोत्सवको तयारीका शिलसिलामा आफुहरू काठमाडौ, बुटवल लगायतका ठुला शहरमा रहेका गुल्मेलीहरूसँग भेटघाट गरेको उहाँहरूबाट भरपुर सहयोग हुने आत्मशिश्वास जागेको, त्यस्तै गरि गुल्मी जिल्लाका १२ वटै पालिकामा पुगेर उहाँहरूलाई सहआयोजकका रूपमा साथ पाईएको जिल्लाका सबै संघसंस्था सरकारी कार्यालयहरूले पनि सह- आयोजककै भूमिका खेलिरहेको छ ।' उहाँले भन्नुभयाे ।
उउद्घाटन शत्रको प्रमुख आकर्षक रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी हुने, कलाकारहरूमा पनि गुल्मीकै बैकुण्ठ महत, रामचन्द्र चन्द, आकर्षक हुने र स्थानीय कलाका रूपमा जिल्लामै एक मात्र महिला समुहले बजाउने नौंमति बाजा अर्को प्रमुख आकर्षक हुने उहाँले बताउनुभयो ।
उद्घाटन शत्रको पुर्व सन्ध्यामा उपल्लो तम्घासबाट खानिगाउँ, बाख्रेछेडा, हुँदै नयाँबजारतर्फ लागिने, स्थानीय भजनकिर्तन, अन्य नौमति बाजा, विभिन्न झाँकी, प्रभातफेरीमा हुने उहाँले बताउनुभयो ।
बसपार्कर तल बजारमा भएकाले बजारबाट महोत्सव स्थलसम्मका लागि निशुल्क आवतजावत बस सेवा उपलब्ध गराइएकाले पनि महोत्सवमा व्यापक सहभागिता हुने आयोजको अपेक्षा छ । एकलाख मानिसहरू उतार्ने लक्ष्य राखिएको अध्यक्ष नवराज भुसालले बताउनुभयो । महोत्सव अवधिभर करिब ६० करोड कारोबार हुने लक्ष्य लिईएको उल्लेख गर्नुभयो ।
प्राप्त मुनाफाबाट सामाजिक क्षेत्रमा के काम गर्नुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष भुसालले भन्नुभयो, हामीले मुनाफा लिन महोत्सव गरेका होइनौं । पहिलो कुरात तम्घासस्थान मन्दिर क्षेत्रलाई चिनाउनु, औद्योगिक क्षेत्रको विकास गर्न, त्यस्तै रेसुंगा नगरपालिकाको जाउँ हिड रेसुंगा अभियानलाई सफल पार्नु हो । तै पनि बचेछ भने तम्घासस्थान मन्दिरलाई केहि सहयोग गर्नेछौं । र बाँकी रह्यो भने गुल्मी उद्योग संघको कार्यालय छैन, कार्यालय स्थापना गर्नेछौं ।
महोत्सवको मुख्य प्रायोजक नेशनल प्याथ ल्याब सहप्रयोजक सिजि मोटर्स बुटवल, लगायत रहेका छन् । सहप्रायोजकका रूपका रेसुंगा नगरपालिकाको जाउँ हिडे रेसुंगा अभियान रहेको महासचिव खनालले जानकारी दिनुभयो । उदघाटन शत्रको पहिलो दिन गुल्मीको उज्यालो अभियानका परिकल्पनाकार उपल्लो तम्घासका माधव मरासिनीलाई सम्मान गरिनेछ ।
त्यस्तै गुल्मीमा उन्नत जातको गाई भित्र्याएर गुल्मीमा दुग्ध उत्पादन अभियान छेड्ने पूर्व सांसद कमलराज श्रेष्ठ, त्यस्तै पहिलो पटक तम्घासमा होटल सञ्चालन सुरू गर्ने र अहिले ९३ वर्षको उमेरसम्म पनि शाहाकारी सापकोटा भोजनालय सञ्चालन गर्ने हिरामणि सापकोटा र गुल्मीमा पहिलोपटक महोत्सव आयोजना गरेर तत्कालीन र हालका पनि प्रधानमन्त्री प्रचण्डलाई गुल्मी झिकाउन सक्ने समाजसेवीका रूपमा अशोक थापालाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
संघका उपाध्यक्ष जनक पन्तका अनुसार गुल्मीका ६८ जना कलाकार हुनेछन् भने जम्मा २३ जना अन्य जिल्लाका कलाकार हुनेछन् । खास गुल्मी र यहाँको महोत्सव के हो भन्ने चिनाउने गरि आयोजना गरिएको र दशै मान्न आउनुभएका विद्यार्थीहरू एक जना नछुटि आफ्ना अभिभावकलाई लिएर महोत्सवको अवलोकन गर्न आम गुल्मेली र छिमेकी जिल्लाका अभिभावकलाई अपिल गर्दछु, अध्यक्ष भुसालले भन्नुभयो ।
महोत्सवलाई उपल्लो तम्घास बासीले ठुलो प्रतिष्ठा र महिमाका रूपमा ग्रहण गरेका छन् । उपल्लो तम्घासको प्रत्येक घरघरबाट महिलाहरू महोत्सव स्थल सिङ्गारपटारमा लागेका छन् । माला उन्ने र दुना टपरी खुट्नेहरूको भ्याइनभ्याई देखिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts