भोजपुरको दुर्गम क्षेत्रहरुमा बिद्युत बिस्तार हुदै, युँमा पनि बिजुली बल्यो

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि बिद्युतीकरणमा तिव्रता दिन थालिएको छ । नेपाल बिद्युत प्राधिकरणले स्थानीयको समन्वयमा ग्रामीण बस्तीहरुमा पनि बिद्युतीकरण गरि रहेको छ ।

प्राधिकरणले बिद्युतीकरण पुग्न नसकेको साल्लासिलिछो गाउँपालिका वडा नम्वर दुई कुलुङ, हतुवागढी गाउँपालिकाको वडा नम्वर नौ मचुवाटारमा दशैको समयमा नै घर घरमा बिद्युत जडान भई सकेको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिद्युत सेवा पाउनबाट बञ्चित ग्रामीण क्षेत्रका नागरिकहरुलाई पनि बिजुली पुर्याउन प्राधिकरणले काम गरिरहेको छ ।”

कुुलुङका करिव ७० घर र मचुवाटारका अढाई सय घर परिवारमा बिद्युत सुबिधा दशैको समयमा नै पुगेको हो । बिद्युतको पहुँच पुग्न सुरु भएको जिल्लाको दक्षिण आमचोक गाउँपालिकाको वडा नम्वर २, युँमा पनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भोजपुर अन्तर्गत ११ केभी प्रशारण लाइनबाट १७ घर परिवारमा बिद्युत लाइन बल्न सुरु भएको प्राबिधिक कर्मचारी काजीमान राईले बताउनुभयो । बिद्युतको पहुँच पुगेसँगै युँका स्थानीयका साथै सशस्त्र प्रहरी बलको युनिट, वडा कार्यालय, बिद्यालयलगायतमा पनि सुबिधा पुगेको राईले जानकारी दिनुभयो ।

ADVERTISEMENT

भोजपुरको नौ वटा स्थानीय तहहरु मध्ये आमचोकमा बिद्युीकरण कम मात्र भएको छ । बिद्युतीकरण भएपछि घरमा बत्ती बाल्न पाएकोमा युँका स्थानीय समेत खुशी देखिएका छन् । “गाउँमा अहिले बिजुली पुगेपछि झिलिमिली भएको छ, बर्षौ देखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पुरा भएकोमा स्थानीयहरुलाई खुशी लागेको छ” स्थानीय टेकेन्द्र कार्कीले भन्नुभयाे ।

भोजपुरमा सात गाउँपालिका र दुई वटा गाउँपालिका छन । करिव ८१ प्रतिशत बिद्युतीकरण भोजपुर जिल्लामा भई सकेको छ भने बिद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण बिद्युतीकरणका लागि टेण्डर मार्फत कार्य अघि बढने प्राधिकरणका सुपरभाइजर दुर्गानन्द चौधरीले बताउनुभयो । भोजपुरमा हाल राष्ट्रिय प्रशारण केन्द्रबाट २३ हजार बढी घरसधुरीले बिद्युत सेवा उपयोग गरि रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज