कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका-२ को राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार गाउँपालिकाको राडुनेटाबाट थिर्पु आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पलाँता गाउँपालिका-१ का अन्दाजी वर्ष ६५ का शिवचन्द न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।

ADVERTISEMENT

पलाँताको राडुनेटाबाट थिर्पु जाने क्रममा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा घाइते भएका अर्का एकजना स्थानीयको पलाँता अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

ट्याक्टर दुर्घटना भएको खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक तथा सूचना अधिकारी पोषण थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?